नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने स्मृति दिवसको अवसरमा कात्तिक २४ गते दुई दिने कन्क्लेभको एक दिनको मात्रै टुंगो कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्ने काठमाडौं ।। नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो । पार्टीको अर्थनीतिसम्बन्धी कन्क्लेभ सुवर्ण शमशेरको स्मृति […]
बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका […]
काठमाडौं : काठमाडौंको सबैभन्दा ठूलो धार्मिक चाड इन्द्रजात्राको अवसरमा बुधबार बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । पूजामा ५०४ कुमारी देवीहरुको सहभागिता रहेको थियो । हरेक वर्ष इन्द्रजात्राको अवसरमा ‘कुमारी पूजा सेवा समिति भक्तजन परिवार’ले कुमारी पूजाको आयोजना गर्दै आएको छ । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो। […]
काठमाण्डौ – सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ […]
रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै १३ गते काठमाडौंबाट आउने साइकलयात्रीहरुलाई स्वागत गरेर दिवसको समापन हुने बुटवल ।। ४४औं विश्व पर्यटन दिवसमा रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना […]
नगरपालिकामा दुईदिन भित्रै दुईजनाको हत्या अजितकुमार सिंहको गोली दागेर हत्या गरियो एक थान गोली र एक थान गोलीको खोका बरामद जनकपुरधाम ।। बाराको नेपाल भारत सीमा क्षेत्र पचरौता नगरपालिकामा दुईदिन भित्रै दुईजनाको हत्या भएको छ । मंगलबार साँझ भारतको मोतिहारी, दर्पा थाना-१ , सुक्लहिया गाँउका २२ वर्षीय अजितकुमार सिंहको गोली दागेर हत्या भएको छ । […]
रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ रूख फँडानी गरेको भन्दै वडाध्यक्ष वलीविरुद्ध उजुरी निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भए दाङ ।। अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से वली, ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी […]
काठमाडौँ। एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप २५ वर्षीया एक महिलाले लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ती महिलाले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् र धमलाको […]
काठमाडौं : मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी भएको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको टि-२०आई खेलमा मंगोलियाले १३.१ ओभर खेल्दै ४१ रनमै अलआउट भएको हो। मंगोलियाका लागि दबासुरेनले १० रन बनाए। त्यसबाहेक कुनै खेलाडीले पनि दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी […]
विराटनगर । झापा मोरङ सुनसरीलाई कोचिला प्रदेश बनाउनु पर्ने भन्दै राजवंशी समुदायले छुट्टै आन्दोलन थालेका छन् । लामो समयदेखि पहिचानवादी आन्दोलनमा होमिएको कोचिला समुदायले पुनः नामाङ्कनका लागि आन्दोलनरत पहिचानवादीको संयुक्त आन्दोलनबाट अलग हुँदै छुट्टै आन्दोलन थालेको हो । झापा, मोरङ र सुनसरीका कोचिला समुदायले प्रदेशको नाम लिम्बूवान-किराँत नमान्ने जिकिर गरेका छन् । सो समुदायले कोचिला […]
संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’का रूपमा विकसित भएको टिप्पणी संवैधानिक परिषद्लाई निरीह र छायामा राख्ने काम गरिरहेको उनको आरोप कार्यालयको बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्ने काठमाडौं ।। नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’का रूपमा विकसित भएको टिप्पणी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका […]
विराटनगर । मोरङको कटहरीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । मृतक हुलाक कर्मचारी चन्द्रमणी अधिकारी रहेको […]