भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी गर्दै कञ्चनपुर ।। शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । […]
डलरको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनायो १३३ रुपैयाँ ५४ पैसाले १ डलर मात्र किन्न मिल्ने विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने काठमाडौं ।। अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा […]
धादिङमा मादक पदार्थ सेवन गरी विवाद दुईजना माथि मंगलबार बिहान एसिड प्रहार घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार हुँदै काठमाडौं ।। धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको छ । गजुरी गाउँपालिका-२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताउनु भयो । महामन्त्री थापाले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै […]
काठमाडौं– कालीकोटको तिलागुफा नगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयर जितेकी दन्ता नेपालीले चार वर्षपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष सार्वजनिक भएकी छन्। २०७६ कात्तिकमा एक कार्यक्रमका लागि अमेरिका पुगेकी नेपाली त्यसपछि सम्पर्कविहीन थिइन्। दन्ता नेपालीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक […]
काठमाण्डाै – सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार […]
काठमाण्डाै – शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ । शिक्षा मन्त्रालयसँग यसअघि पनि पटक पटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासङ्घले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ । ‘हामी वार्तामा बस्दै नबस्ने […]
काठमाण्डाै – किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।’ गएकाे भदौ २९ गते […]
काठमाडौं– प्रहरीले पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका १ हजार ६७९ जनाको उद्धार गरिएको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको हो। १ हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ। ब्युरोकै पहलमा ५ […]
काठमाडौं : सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सकहरूले घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत संघका दुई जना चिकित्सकहरूमाथि कुटपिट गरिएको घटनामा दोषीलाई कारबाही नगरिएकोमा विरोध स्वरूप आइतबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो।आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको हो। वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई […]
काठमाडौँ– हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरेको हो । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै […]
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान,काठमाडौँद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले साहित्यकार प्रकाशलाल श्रेष्ठको मुक्तकसङ्ग्रह ” भित्र कतै दुखेपछि ” को लोकार्पण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि खरेलले कृतिकार श्रेष्ठको प्रशंसा गर्दै आगामी दिनमा मुक्तकका अन्य सङ्ग्रहहरू पनि प्रकाशन गर्न सल्लाह दिनुभयो । नेपाल […]