काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको सम्बन्धका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले आपत्ति जनाएका हुन् । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई अध्यक्ष ओलीसँग जोडेर आइतबारको राष्ट्रिय सभा बैठकमा रमेशजंगले आपत्तिजनक टिप्पणी गरेका थिए । आजको बैठकमा […]
जनकपुरधाम । नेपाल बिधुत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बिधुत लाइन काटिदिएको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको हो । मधेशकै ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । पटक पटक लिखित मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काटेको प्राधिकरणका […]
काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता […]
सुनसरी । इनरुवा ।। बाढी तथा डुबानको समस्या न्यूनीकरण गर्न वर्षा सुरु हुनुअगावै इनरुवा-२ स्थित जिविस राेडमा नाला सफाइ गर्दै मजदुर । प्रधानमन्त्री राेजगार कार्यक्रमअन्तर्गत वडा कार्यालयले अहिले सफाइ गरिरहेको छ । तस्बिर : नवीन गड्तौला
काठमाडौं। जनप्रशासन क्याम्पस बल्खुमा आर्थिक अनियमितता भएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । विद्यार्थी संगठनहरुले स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी र छात्रवृत्ति बाफतको रकम हिनामिना भएको दाबी गरेका छन् । साथै प्रोफेसरले कपि जाँचेबाफतको पारिश्रमिक रकम […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ । शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि यस्तो प्रतिबन्ध लगाइएको हो । सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडान रोकिएको हो । उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरु पालना गरे÷नगरेकोबारे प्राधिकरणले अनुसन्धान […]
काठमाडौँ । चालू आर्थिक वर्षमा विदेशबाट चुइगम आयातमा ४१ करोड रुपैयाँभन्दा धेरै रकम बाहिरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू वर्षको ९ महिनाको अवधिमा ४१ करोड १७ लाख रुपैयाँ बराबरको चुइगम आयात भएको हो । साउनदेखि चैत महिनासम्मको यस अवधिमा १२ लाख ५१ हजारभन्दा धेरै किलो चुइगम आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई […]
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा पशुबली रोक्न आग्रह गर्दै सचेतनामूलक कार्यक्रम गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले शनिबार बिहान ब्यानरसहित पशुबली रोक्न आग्रह गर्दै सचेतना कार्यक्रम गरेको हो । कुनै सहयोगबिना स्वतःस्फूर्त रूपमा २०७२ सालदेखि यो कार्यक्रम गर्दै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्व अध्यक्ष मातृका प्याकुरेलले जानकारी दिए । २०५२ सालदेखि […]
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ । डिभीका लागि छनोटमा परे नपरेको […]
रामपुर (पाल्पा) । राम्रो उब्जाउशील जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् । मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको बताउँछन् सगाहाका अगुवा कृषक ऋषिराम अर्याल […]
– सरोज ओझा सभ्यताको बिम्ब हो समाज । हरेक समाजले आफनबेग्लै पहिचान बोकेको हुन्छ । समष्टिमा विश्व नै विविधतायुक्त एक समाज हो । भुगोल, भाषा, विचार, संस्कार, जात, धर्म आदिले समाजको आकार र प्रकार समाजहरुको पृथक थुप्रै समाजहरु छन् । त्यस्तै आफनो छुट्टै पहिचान बोकेको समाज हो नेपाली समाज । आँफैमा विविधतायुक्त यस समाज विश्वकै […]
काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको पर्यटक बस फसेको हो । चालकका लागि नयाँ रूट भएका कारण पर्यटक बस फस्न पुगेको प्रहरीले जनाएको छ । ‘हातको इसारा र सिट्टी बजाएर नजान भन्दै थियौं । तर चालकले हाम्रो […]