May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

समाचार

भोलिदेखि उपचुनावका लागी तीन जिल्लामा निर्वाचनआचार संहिता लागू हुने

भोलिदेखि उपचुनावका लागी तीन जिल्लामा निर्वाचनआचार संहिता लागू हुने

काठमाडौं उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।

  • १ year अगाडि
सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित फोहोर हेर्न संसदीय टोली पठाउन माग

सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित फोहोर हेर्न संसदीय टोली पठाउन माग

काठमाडौं  नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै यसलाई रोक्न माग गरेका छन् । व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै उनले एक पटक संसदीय टोली अनुगमनका लागि पठाउनुपर्ने माग गरे । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘एउटा संसदीय टोली […]

  • १ year अगाडि
सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको रघुजी पन्तको भनाइ

सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको रघुजी पन्तको भनाइ

काठमाडौं  नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’ सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय […]

  • १ year अगाडि
विशेष अदालतको फैसल्ला चित्त नबुझेकोले अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

विशेष अदालतको फैसल्ला चित्त नबुझेकोले अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं  विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेषले गरेको फैसला चित्त ननबुझेको भन्दै आज सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्। प्रतिवादी कमल प्रसाद दाहाल,तेज नारायण चौधरी,हिरा […]

  • १ year अगाडि
फास्ट ट्रयाकबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने माओवादी केन्द्रको प्रस्ताव

फास्ट ट्रयाकबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने माओवादी केन्द्रको प्रस्ताव

 काठमाडौं  नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई द्रुत गतिमा पारित गर्ने प्रस्ताव गरेको छ । बिहीबारको प्रतिनिधिसभाको बैठक अगाडि सभामुखको अध्यक्षतामा बसेको संसदमा रहेका राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुसँगको छलफलमा माओवादी केन्द्रले औपचारिक रुपमै यस्तो प्रस्ताव राखेको हो । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विगतमा पनि छलफल भएको उल्लेख गर्दै सदनमै […]

  • १ year अगाडि
माधव नेपाल बारा पुगे उपेन्द्र यादवलाई भोट माग्न

माधव नेपाल बारा पुगे उपेन्द्र यादवलाई भोट माग्न

बारा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १० वैशाखमा हुने उपनिर्वाचनमा उपेन्द्र यादवका लागि मत माग्न बारा पुगेका छन् । उनले बारा– २ मा पुगेर राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताए । बुधबार साँझ कलैया पुगेका उनले बारा–२ मा यादवको जित सुनिश्चित रहेकोपनि बताए ।’सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले […]

  • १ year अगाडि
जसपाले सार्यो उपेन्द्र यादव उम्मेदवार बनेपछि विधान अधिवेशन

जसपाले सार्यो उपेन्द्र यादव उम्मेदवार बनेपछि विधान अधिवेशन

काठमाडौं जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशन सारेको छ। चैत २७ गतेबाट गर्ने भनिएको जसपाको विधान अधिवेशन जेठ १ गतेलाई सारिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन हुनेछ। बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा अध्यक्ष उपेन्द्र यादव बारामा उम्मेदवार बनेका कारण बैठक सारिएको जसपाले […]

  • १ year अगाडि
सरकारको न्यूनतम साझा कार्यक्रममा जुट्यो सहमति

सरकारको न्यूनतम साझा कार्यक्रममा जुट्यो सहमति

काठमाडौं सत्ता साझेदार दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटेको छ । बिहान बसेको सत्ता साझेदार दलको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमबारे मुलभूतरुपमा सहमति जुटेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले न्युनतम साझा कार्यक्रममा सहमति जुटेको जानकारी दिए । आज बेलुकी न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने गठबन्धनको तयारी छ । एमाले […]

  • १ year अगाडि
धनकुटाबाट लागु औषधसहित ६ जना पक्राउ

धनकुटाबाट लागु औषधसहित ६ जना पक्राउ

काठमाडौं प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी –१ लाबरबोटेका २३ वर्षीय सरोज याख्खासहित तीनजना र बर्दिया बढेयाताल गाउँपालिका २ फुटाहबाट २४ वर्षीय दिपक विकसहित ३ जना रहेका छन्। अवैध लागुऔषध गाँजा करिब ६ किलोग्रामसहित याख्खाको समूहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनीहरूलाई […]

  • १ year अगाडि
बालाजु बाइसधारामा आज मेला

बालाजु बाइसधारामा आज मेला

काठमाडौं  ऐतिहासिक महत्व बोकेको काठमाडौंको बाइस धारामा आज मेला लागेको छ। बिहानैदेखि भक्तालुको घुइँचो लागेको छ। चैत्र शुक्ल पूर्णिमाका दिन यहाँ हरेक वर्ष मेला लाग्ने गरेको हो। यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गरेको उल्लेख छ। बाइस धारामा स्नान गरे मुक्तिनाथ र गोसाईगुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास छ। स्नानका लागि बालबालिकादेखि […]

  • १ year अगाडि
अमेरिकामा फेरि आँधी आयो पाँच जनाको मृत्यु

अमेरिकामा फेरि आँधी आयो पाँच जनाको मृत्यु

वासिङटन डिसी  विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ। आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ। देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण […]

  • १ year अगाडि
जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका

जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका

काठमाडौं । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ स्थित ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार दिउँसो गुरुङसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई नगद ४० हजार ७५ रुपैयाँ र मोबाइल सातथानसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

  • १ year अगाडि

लोकप्रिय