काठमाडौं । गत वर्ष बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएको छ । ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे माग १५ दिन भित्रमा पुरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर फाल्न नदिने चेतावनी दिएको हो । दुई […]
दमौली । वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले मतदाता प्रभावित पार्न व्यास-३ का आमाहरुलाई सम्मान गरेका छन् । मातातीर्थ औसीको अवसरमा बिहीबार भट्टराईले उक्त वडाका ज्येष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । निर्वाचन आचारसंहिता विपरित कार्यक्रमको आयोजना गरी सम्मान भन्दै मतदाता प्रभावित गर्न खोजिएको हो । उक्त कार्यक्रममा कांग्रेस महामन्त्री […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले युवराज पौडेल ९सफल०लाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले सदनसमक्ष आफ्नो गम्भीर धारणा राख्न चाहेको उल्लेख गर्दै निज सफलले आफ्नो चरित्रहत्या गरेकोले सभामुख मार्फत कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । वैशाख ५ गते एक आमसञ्चार माध्यममा प्रकाशित […]
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौला र जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जु कुमारी झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रको समेत भ्रष्टाचार हेर्ने प्रस्तावको समर्थन गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदद्धयले प्रस्तावित विधेयकमा समर्थन जनाएका हुन् । […]
काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक १५.१३ विन्दुले बढेर १९२०.१२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेर ३६५.९० विन्दुमा अडिएको छ। नेप्से बढेसँगै कारोबार रकम मंगलबारको तुलनामा बढेको छ। आज २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर ८७ करोड […]
बर्दिबास । महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा आज दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा३ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१—००४प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतकको […]
काठमाडौँ । प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रका विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । सांसद माझीले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् । उनले […]
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कर्जा विस्तार गर्दा ब्याज आम्दानीसँगै नाफा पनि बढेको छ । बैंकले आर्थिक वर्ष २०७९- ८० को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब १६ करोड १८ लाख ३८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको जनााएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६९ करोड ४५ लाख ५८ हजार […]
काठमाडौँ, बैशाख ६ गते । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो । उहाँले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने बताउनुभयो । सांसद रमा कोइराला पौडेलले भारत हुँदै ओमान […]
काठमाडौं । उपनिर्वाचनको मौन अवधि बिहीबार (भोलि) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । “उपनिर्वाचनको प्रचारप्रसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो,” उनले बाह्रखरीसँग भने । चुनाव […]
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चितवन–२ को उपनिर्वाचनमा जनताले आवेगमा नभई विवेकले प्रयोग गरेर मतदान गर्ने बताएका छन् । बुधवार चितवनको चुनावी सभामा बोल्दै नेता सिंहले कांग्रेसका जितनारायण श्रेष्ठको विजयी हुँदा लोकतन्त्रवादीको जित हुने बताए । ‘यो उप–चुनाव मात्रै होइन । प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवाल पनि छ ? त्यसैले गठबन्धनका […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ अभ्यास गर्दै खुल्ला प्रतिस्पर्धाबाट स्वकीय सचिव छनोट गरेकी छन् । आफन्त र आसेपासेलाई स्वकीय सचिव बनाउने अभ्यास तोड्दै उनले भ्याकेन्सी खुलाएकी थिइन् । गत चैत १६ गते निशाले एक साताको म्याद राखेर स्वकीय सचिवका लागि भ्याकेन्सी खुलाएकोमा ११६ जनाले आवेदन दिएका थिए । उनीहरूबाट पहिलो चरणमा […]