जनकपुरधाम । उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ परेका हुन्। उनलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका–३ स्थित मलिबाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमा गिरीले जानकारी दिए […]
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका– ७ का वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ परेका छन् । सोमबार बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । सोमबार बिहान थाहा नगरपालिका–७ आग्राका […]
काठमाडौं । सुडानमा अलपत्र नेपाली नागरिकको सुरक्षित रुपमा उद्धार प्रयास भइरहेको नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेको भन्दै मन्त्रालयले सबै नेपालीहरुलाई नेपाल फिर्ता गर्न सहजीकरण भइरहेको जनाएको हो । मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा […]
काठमाडौं । सशस्त्र प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरिएको छ । सरकारको अनावश्यक खर्च नगर्ने नीति अनुसार आगन्तुकको स्वागतका लागि खादा र फूल खरिद नगर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए । सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा […]
काठमाडौं । एसएसपीमा बढुवा नभएपछि एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आज वैशाख १७ गतेबाट राजीनामा दिएर नेपाल प्रहरीबाट अलगिने निर्णय गरेको बताएका छन् । सरकारले गत शुक्रबार नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा तिम्सिना परेका थिएनन् । एसएसपीमा बढुवाका […]
काठमाडौं । चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका लागि उच्च गतिको इन्टरनेट उपलब्ध गराउने गरी सहकार्य गर्न औपचारिक सम्झौता गर्दै पब्जी मोबाइलले नेपालमा गेमिङमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा गरेको छ । विश्वको अग्रणी मोबाइल गेमका रुपमा चिनिएको पब्जी मोबाइल र नेपालको अग्रणी इन्टरनेट […]
किमाथांका । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अहिले आयोजनाको अस्थायी बाँधमा […]
ओखलढुङ्गा । सभाहलको ढोकामा कडा सुरक्षा छ । जनप्रतिनिधि र गाउँसभा सदस्यहरू लामबद्ध छन् । हल प्रवेशका लागि आफ्नो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति सभा हलमा जान पाउँदैनन् । सभा हलभित्र तोकिए अनुसारको आफ्नो स्थानमा बस्नुपर्छ । तोकेको स्थानभन्दा फरक स्थानमा बसे तत्काल मर्यादा पालकले नियममा ल्याउन अग्रसर हुन्छन् । अगाडि मञ्चमा पालिका […]
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाएका छन् । आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महावीर पुनको जारी आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । म्याग्दीबाट निर्वाचित सांसद गर्बुजाले महावीर पुनका जायज माग पुरा गर्न समेत सरकारलाई आग्रह गरे । ‘नेपालका मुर्धन्य […]
चितवन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो। जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई […]
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा८च ९१३५ नम्बरको कार आज बिहान दुर्घटना हुँदा झापा चारपानेका ५० वर्षीय कुमार पुरी र काठमाडौंको गौरीघाटकी ४३ वर्षीया सहारा प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार चालक पुरी र प्रसाईंको घटनास्थलमै मृत्यु […]
रासस बझाङ । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन […]