काठमाडौं । काठमाडौं उपत्याकामा विद्युतीय ट्याक्सीको संख्या बढ्न थालेको छ । साना ठूला सवारीको कार्यालय, एकान्तकुनाका अनुसार अहिलेसम्म १७ वटा विद्युतीय ट्याक्सी दर्ता भएर सञ्चालनमा आइसकेका छन् । ‘सट्टा दर्तामा अब विद्युतीय ट्याक्सीहरु दर्ता हुने क्रम बढेको छ,’ कार्यालयका प्रमुख मदन पोखरेलले भने,‘अब उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दै जान्छ ।’ बागमती प्रदेशले प्रदेशभित्र नयाँ र […]
काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले तीन विषयमा स्पष्टीकरण सोधेको छ । प्राधिकरणले पदीय दायित्व पुरा नगरेको सम्बन्धमा तीन दिने स्पष्टीकरण सोधेको हो । प्राधिकरणले १७ चैतको निर्णय अनुसार र्याम्प सेफ्टी प्रोटोकल पालना नगरेको सन्दर्भमा २० चैतमा तालिम लिई सात दिन भित्र प्राधिकरणमा प्रमाणपत्र पेश गर्न निर्देशन दिएको थियो […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय विषयगत समितिमा रहने आफ्ना सांसदहरुको नाम टुंगो लगाएको छ । रास्वपाले संघीय संसद सचिवालयमा बुझाएको सूची अनुसार अर्थ समितिमा विराजभक्त श्रेष्ठ र हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शिशिर खनाल, उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुली र कानुन, न्याय तथा मानव अधिकार समितिमा […]
काठमाडौँ । नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ […]
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) विरुद्ध आन्दोलनमा उत्रिएको छ । विद्यार्थीले उठान गर्दै आएका मागहरूप्रति बेवास्ता गरेको भन्दै नवनिर्वाचित स्ववियु आईओएमविरुद्ध आन्दोलनमा उत्रिएको हो । स्ववियुले विभिन्न १४ बुँदे माग अघि सारेको छ । महाराजगन्ज मेडिकल कलेजमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न माग गर्दै स्ववियुलाई ज्ञापन पत्र बुझाएको हो । […]
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिएका छन्। नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले संयुक्त रूपमा एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरका विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले यो निर्णय स्थगित […]
धनगढी। धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ । ६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीसहित ट्राफिक प्रहरीले […]
काठमाडौं : बिमा गरेका बिमितहरूले बिमा प्राधिकरणमा गरेका उजुरीको चाङ बढ्दो छ। विगत चार वर्ष अघिदेखिका उजुरी टुंग्याउन अझै धेरै बाँकी छन्। पहिलेदेखिका १ सय ८५ मुद्दा एवं उजुरी फर्स्यौट हुन बाँकी रहेको महालेखा परीक्षकको ५०औं वार्षिक प्रतिवेदनले समेत ध्यानाकर्षण गराएको छ। लामो समयसम्मका यस्ता उजुरीलाई समयमै निर्णय गरी टुंग्याउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको […]
काठमाडौं । माटो ढिस्कोले पुरिएर गढी गाउँपालिका नितेश ऋषिदेवको मृत्यु भएको छ । आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं–२ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरूटार जाने सडक खण्डको भित्री बस्तीमा नयाँ ढल विस्तारको लागि खाल्डो खन्ने क्रममा उनको माटो ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनी सुनसरी गढी गाउँपालिका वडा नं–२ घर भई […]
मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतमार्फत कानूनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाउँपालिका-७ सिपगाउँका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाउँपालिका-४ जिउका गाउँका ४२ वर्षीय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको छ । राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् । यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौँ पटक मन्त्रिपरिषद् विस्तार […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्साशास्त्रअन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावनाविपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरिन्। सरकारले बढी अंक ल्याएका […]