काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्। बिहीबार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन। उनले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार […]
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। उपसभापति खड्का र राजदूत सोङबीच बिहीबार भेटवार्ता भएको हो। खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।
ओखलढुंगा । सुन चाँदीका गहना सफा गरिदिने बाहनामा ठगी गर्ने ३ जना पक्राउ परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–२ स्थित गाउँमा सर्वसाधारणका गहना सफा गरिदिने भन्दै ठगी गर्ने उनीहरुलाई स्थानीयकै सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ जना भारतीय र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको […]
काठमाडौँ । मानव तस्करीको सिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरूको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको हो । उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखन विरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, किन इन्डिया, शक्ति समूह र दिल्ली […]
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ । यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो । १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले भने, ‘राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक […]
सत्ता गठबन्धनमा रहेका दलका नेताहरू सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्यमा जुटेका छन्। मन्त्रिपरिषद बिस्तार र न्यूनतम साझा कार्यक्रमलगायत विषय एकैसाथ अघि बढाउन छलफल भइरहेको छ। ‘सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनमा रहेका दलका नेताहरू छलफलमा जुट्नुभएको छ,’ नेपाली कांग्रेसका एक नेताले भने। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसलगायत १० दल […]
काठमाडौँ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । आगामी वार्षिक साधारणसभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । डेढ दशकदेखि परिसंघको राष्ट्रिय […]
पोखरा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र परेको छ । लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइए पनि ठाउँठाउँमा निर्माण कार्य अलपत्र बन्दा आयोजनाले मूर्तरूप लिन नसकेको हो । कास्कीको बाटुले चौर, अर्मला मैजा हुँदै मादी करिडोरसम्म जोड्ने एलाइनमेन्ट (रेखाङ्कन) खोजी भए पनि स्थानीयवासी आन्दोलित हुँदा निर्माण अलपत्र छ । स्थानीयहरुले गोविन्दबहादुर […]
काठमाडौं । फिल्म कलाकार, नृत्यकार, प्राविधिक र उपकरण व्यवसायीले पारिश्रमिक बढाउने निर्णय गरेपछि चलचित्र निर्माता संघ आक्रोशित बनेको छ । अध्यक्ष नवल खड्काले सहमतिमा पारिश्रमिक नतोकिए फिल्म निर्माणदेखि छायांकन रोक्नेसम्मको चेतावनी दिएका छन् । चलचित्र नृत्य संघसहित केही संघसंस्थाले पारिश्रमिक दर बढाएको पत्र पठाएपछि निर्माता संघ क्रुद्ध बनेको हो । केही दिनअघिको कार्यसमिति बैठकमा आफूहरुको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संसद सुमना श्रेष्ठले संसद बैठकको बीचमा खाजाको विश्राम समय आवश्यक रहेको बताएकी छन् । प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो माग गरेकी हुन् । प्रतिवेदनको दफा १२ मा दैनिक कार्यसूची सम्बन्धी व्यवस्था छ । दैनिक कार्यसूची तयार गर्दा संसद बैठक ३ घण्टा भन्दा बढी […]
काठमाडौँ । माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए । उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष […]