संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले आज बल्खुमा आयोजना गरेको सभामा हल्का तनाब सिर्जना भएको छ। सभा स्थलमा घुसपैठ गरी वातावरण बिथोल्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि, समाचार तयार पार्दासम्म उनीहरूको परिचय खुल्न सकेको छैन। काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ । त्यसैकारण सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । त्यस्तै आज शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूले पनि प्रदर्शन गर्दैछन् । नेपाल शिक्षक […]
गत चैत १५ गते काठमाडौंको तीनकुनेस्थित राजावादीले आगो लगाएको घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । सोही घरमा रजकको मृत्यु हुनुअघि एभिन्यूज टेलीभिजनकै पुर्व संचारकर्मी एनी कुँवर पक्राउ पसेर निस्किएकी थिइन् । तिनै एनी कुँवर आज पक्राउ परेकी छन् । कुँवर तीनकुनेस्थित राजावादीले आगो लगाएको घरमा पत्रकार रजक जल्नुअघि पसेर निस्किएकी […]
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो। वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको हो। पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए। सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको उनका भाइ […]
काठमाडौको तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं चढेको गाडी झपामा भेटिएको छ । झापामा भेटिएको सो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईं चढेको बीएबी ४२०८ नम्बरको गाडी झापास्थित प्रसाईंले सञ्चालन गरेको बीएन्ड सी मेडिकल कलेजबाट नियन्त्रणमा लिइएको हो। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा प्रसाईंले भीडलाई उत्तेजित बनाएका थिए । जसका कारण उक्त […]
चैत २० गते दिउँसो पौने २ बजे सुनसरीको कोशी गाउँपालिका ७ मुसहरी टोलका कुशेश्वर सदाकी ४ वर्षीया छोरीको घर अगाडि खेल्ने क्रममा अपहरण भयो । ४ बर्षीय बालीकालाई अपहरण गरी लैजाने अपरिचित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले घटना घटेको २४ घण्टाभित्र बालिकाको सकुशल उद्दार समेत गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला […]
नेपाल विद्युत् प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले आफुलाई गैरकानुनी रुपमा प्राधिकरणको प्रबन्ध निर्देशकबाट निकालेको भन्दै सर्वोच्चमा पुनर्स्थापनाको लागि निवेदन दिएका थिए । तर कुलमानले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश फिन अस्विकार गरेको छ। नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिविरुद्ध निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार […]
काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पु¥याएरै छाडे काठमाडौ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब रोकिएपछि रुष्ट बनेका महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पु¥याएका छन् । बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूको आक्रशर्र्लाइ महानगर प्रहरीले रोक्न सकेन । […]
सगरमाथा आधार शिविरमा एक श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य […]
चैत १५ गते आन्दोलनकारीहरूले गरेको आक्रमण र आगजनीका कारण जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा २८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। घटनामा दुईवटा भवन पूर्ण रूपमा जलेका छन् भने कच्चा पदार्थ, प्रयोगशाला, स्वचालित मेशिनहरू र गाडीहरू समेत नष्ट भएका छन्। कम्पनीका महाप्रबन्धक सङ्गीता यादवका अनुसार आगलागीका कारण उत्पादन पूर्ण रूपमा प्रभावित भएको छ, जसले गर्दा […]
तिनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकको परीवारलाई गृह मन्त्रालयले १०÷१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममाप्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो भने समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो । […]