झापा : झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन्। झापा : झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन्। नेत्रहीन युवा संघ नेपाल झापा शाखाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले भद्रपुर-२ पृथ्वीनगरस्थित सगरमाथा माविमा नमुना मतदान गराएका हुन्। नमुना मतदानमा अपाङ्गता, दृष्टिविहीन, […]
ओखलढुंगा / ओखलढुंगाको मोलुङ गाउँपालिका ७ तालकोटमा विभिन्न पार्टी परित्याग गरी ३ दर्जन बढी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । क्रान्तिकारी माओवादी लगायत एमाले, कांग्रेस परित्याग गरी दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । मोहन वैद्य नेतृत्वका माओवादी क्रान्तिकारीका खिजीदेम्बा इन्चार्ज तथा शेर्पा मुक्ति मोर्चा नेपालका जिल्ला अध्यक्ष मोलुङ ७ कातिकेका […]
काठमाडौं, २४ कात्तिक- आजको पात्रो : २४ कात्तिक २०७९, विहीबार । तद्नुसार नोभेम्बर महिनाको १० तारिक २०२२ । मार्गकृष्णपक्ष द्धितीया, कौवल करण, कृत्तिका नक्षत्र, वरीयान योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२० मा हुनेछ भने सूर्यास्त ०५ः१५ मा हुनेछ । बिहान ११ः३६ देखि १२ः०९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो […]
ताप्लेजुङ ।। कोभिड १९ को महामारीको कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भयो । आर्थिक गतिविधिमा आएका शिथिलताले रोजगारीका अवसरहरु न्यून हुन पुगे । जसको कारण न्यून आय भएका वर्गका मानिसहरुका जीवनयापन कष्टकर बन्न पुगेको छ । एकातिर रुस युक्रेन युद्धका कारण आपुर्तिमा ल्याएको अवरोधले पेट्रोलियम पदार्थ लगायत विभिन्न सामानहरुको मूल्य आकासिएको छ भने […]
झापा ।। प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मंसिर ४ मा हुने निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर ३ निक्कै प्रतिस्पर्धा हुने देखिएको छ । तीनवटा निर्वाचनमा आमने सामने भएका उम्मेदवार चौथो पटक पनि प्रतिष्पर्धामा छन । उत्रिएका छन् । यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यकालागि सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री समेत बन्नु […]
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल ८ करोड ३ लाख ९४ हजार ५०० मतपत्रको छपाइ सम्पन्न भएको छ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ १ करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ २ करोड ४ लाख २१ हजार मतपत्र छपाइ भएको छ । […]
काठमाडौँ- हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका […]
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सरकारले चालुतर्फ ५ अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ४८ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत १५ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ। साउन महिनामा संघीय सरकारको कुल […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने छ ।
पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका […]
निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ […]
झापा । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति […]