March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा? मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

तीन महिनामा ३ अर्बभन्दा धेरैको फलफूल आयात

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १५, २०७९ 0८:२१
तीन महिनामा ३ अर्बभन्दा धेरैको फलफूल आयात

झापा । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन ।  बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति रोजगारीको खोजीमा विदेशिएको छ ।

सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन । देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालीले स्याउ आयातका लागि मात्रै रु दुई अर्बभन्दा बढी खर्च गरेका छन् ।  विभागका अनुसार चालू आवको असोज मसान्तसम्म रु दुई अर्ब २४ करोड ९६ लाख ३९ हजार मूल्य बराबरको तीन करोड चार लाख ४७ हजार केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु २८ करोड पाँच लाख ८५ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।

उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ । भारतबाट मात्र रु एक अर्ब ४९ करोड २४ लाख ४९ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै चीनबाट रु ७५ करोड ७१ लाख ८९ हजार मूल्यमा ७८ लाख ६८ हजार सात सय ९८ केजी स्याउ आयात भएको छ । विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा रु तीन अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै चालू आवको असोज मसान्तसम्म रु २९ करोड ७६ लाख ५६ हजारका २८ लाख ७१ हजार एक सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु तीन करोड ७२ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ ।

केरा आयातमा १६ करोड बाहिरियो

नेपालीले तीन महिनाको अवधिमा रु १६ करोड २३ लाख ५९ हजार बराबरको केरा आयात गरेको छ । चालू आवको असोज मसान्तसम्म भारतबाट मात्रै कूल एक करोड १३ लाख सात हजार चार सय ४६ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु सात करोड दुई लाख २३ हजार राजस्व सङ्कलन गरेको छ ।

विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । तीन महिनाको अवधिमा मात्रै रु १४ करोड ८७ लाख ९२ हजार बराबरको २२ लाख १९ हजार चार सय ५७ केजी सुन्तला आयात भएको छ । त्यस्तै असोज मसान्तसम्म रु ११ करोड आठ लाख १४ हजार मूल्य बराबरको खरबुुजा, रु १० करोड ८० लाख १५ हजार बराबरको मेवा आयात भएको तथ्याङ्कमा छ ।

पछिल्लो तीन महिनामा रु दुई करोड ९१ लाख ७१ हजारको किबी, रु एक करोड ४९ लाख आठ हजार मूल्य बराबरको एभोगाडो आयात भएको देखिन्छ । यस अवधिमा अम्बा, आँपलगायतको आयातमा रु १८ करोड ७४ लाख बाहिर गएको छ । त्यस्तै नास्पाती भुइँकटहरलगायत फलफूल आयातमा करोडौँ रकम बाहिरिएको विवरणमा उल्लेख छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १५, २०७९ 0८:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।