एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा बङ्लादेशलाई हराउँदै भारत फाइनलमा बङ्लादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो काठमाण्डाै – एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा बङ्लादेशलाई हराउँदै भारत फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्लादेशलाई ९ विकेटले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित २० ओभरमा ९ […]
अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-५ नवकिरण टोल निवासी रामप्यारी भुर्तेल झापा : अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर बाह्रदशी गाउँपालिका-५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । अरिंगालले टोकेर मृतककी छोरी लक्ष्मी र ७ […]
सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद माफी मिनाहा गर्नुको कारण माग ढकाललाई पुनः जेलमै पठाउनुपर्ने माग गर्दै काठमाडौँको माइतीघरमा अनशनसमेत शुरू पेसीलाई अग्राधिकार दिँदै रिगलको हकमा राष्ट्रपतिबाट माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन आदेश काठमाडौँ । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद माफी मिनाहा गर्नुको कारण माग गरेको छ। चेतन […]
१९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट १६ जनामध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन्। बाँकी ६ खेलाडी बाहिरिने हाङचाओ : १९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट भएका छन्। दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन्। क्यानोइङमा १६ […]
बझाङ बझाङमा गए राती फेरि २ पटक भूकम्पको धक्का महसुस गरिएको छ। बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको हो भने राति १२:२३ मा चैनपुर नै […]
काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । शर्मिला चौधरी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा […]
काठमाडौं । गायक विजय रुम्बा लामाले आफनो नयाँ तामाङ सेलो गीत ‘ओठमा लाली’ लाइ सार्वजनिक गरेका छ्न । छेवाङ तेन्जिंग लामाको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई गायक विजय रुम्बा लामाको युट्युब च्यानल ( Bijay Rumba Lama) मार्फत रिलिज गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सुजाता थापा मगर ,प्रेम […]
मेष– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला । वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च […]
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले मधेशमा पछिल्लो समययता धाार्मिक सद्भाव बिथोल्न भइरहेका गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले धार्मिक तनाव बढाउनुको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको आशंका रहेको बताए । ‘अहिले आफूलाई राजावादी भन्नेहरू हौसिएका छन् । किन ? । कतै आगो लगाएर […]
काठमाडौँ, १८ असोज : अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । दोलखामा सञ्चालित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीलाई एक कित्ता शेयर बराबर एक कित्ताको प्रति शेयर रु एक सय अङ्कित दरको हकप्रद शेयर निश्कासन गरिरहेको छ […]
काठमाण्डाै – सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ । आज बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै असोज १६ गतेदेखि औपचारिक रूपमा काम शुरु गरेको जानकारी दिइएकाे हाे । पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले काम शुरु गरेको […]
काठमाडौं– प्रहरीले नेपाली नागरिकलाई विदेश रोजगारीको प्रलोभनमा पारेर ठगी धन्धा चलाउँदै आएका पाकिस्तानी र अजरबैजानी नागरिकलाई पक्राउ गरेको छ। पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौं महानगर–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजान घर भई हाल वडा–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक […]