बालाजु घटनाले प्रहरीको मनोबल खस्किएको मात्र होइन, फिल्डमा प्रहरीले जोखिम मोलेर काम गर्ने अवस्था छैन भन्ने देखाएको छ काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सोमबार लुटपाट, आगजनी र झडपका घटना भए । मुलुकको राजधानीमै भएको यो घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीकै गाडी नियन्त्रणमा लिएर आगजनी भएको छ । मोबाइल पसलहरू लुटिँदा प्रहरी अधिकारी कतै देखिएनन्, बसपार्क […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा स्वदेश फर्केका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल-भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरेका हुन्। पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ बालुवाटारमा अनौपचारिक भेटघाट गरी […]
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ। एसइई नतिजा सुधार गर्नकै लागि महानगरले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी विद्यालयमा पठाएको हो। त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ। यसका लागि […]
काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।
खगेन्द्र घिमिरे काठमाडौं ।। झापाका बिभिन्न सिमा नाकाबाट नेपाललाइ ट्रान्जिट बनाएर कपाल तस्करी हुने गरेको रहस्य वाहिर आएको छ । भारतको तेलाङ्गाना, गुवाहाटी र कोलाकाता हुँदै ल्याएको कपाल पूर्वी नाकाबाट नेपाल ल्याएर चीन पठाउँने गरेको खुलसा भएको हो । झापाको गौरीगन्ज र पूर्वी नाका काँरभिट्टा हुदै यसरी तस्कर हरुले कपाल तस्करी गरिरहेका छन । गत […]
झापा, फागुन १ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईले आजदेखि नागरिक बचाउ महाअभियान शुरु गर्ने हुनु भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभिायन आज विहान १० बजे पुर्वी सिमाना मेची नदिमा तामाको नौ मुखे दियो बालेर शुरु गरिने अभियानका बारेमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा प्रसाईले बताउनु भयो । महाअभियानको […]
सरकारले कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। यस मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले […]
टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको […]
सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ। माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए। २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।
सुमित भण्डारी झापा- गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको फाल्गुन ९ गते हुने निर्वाचनको लागी शनिबार मनोनयन दर्ता भएको छ। अध्यक्ष पदमा नगेन्द्र कार्की (नरेश) र कृष्णप्रसाद बाँस्कोटाको मनोनयन दर्ता भएको छ। काङ्ग्रेस -एमाले सम्मिलित प्यानलको नेतृत्व गर्दै कार्कीले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी […]
काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा […]
काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ। गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो।