काठमाडौं । अप्रिल १८ देखि मे १ सम्म काठमाडौंमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा भएको छ । मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १६ सदस्यी टोली घोषणा गरेको हो । टिमको उपकप्तानमा भिरनदिप सिंह छन् । यस्तै टिमका अन्य सदस्यमा सयद अजित, शर्भिएन मुनिएन्डी, अमिरक अजिम, फित्री शाम, खिजार हायात, […]
काठमाडौं । निकोलस पुरनले जारी सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा सबैभन्दा छिटो १५ बलमै अर्धतशक हानेको खेलमा लखनउ सुपर जायन्ट्सले रोएल च्यालेनर्जस बेंगलोरलाई एक विकेटले पराजित गरेको छ । मार्कोस स्टोइनिस र पुरनको आक्रमक अर्धशतक मद्दतमा लखनउले बेंगलोरले दिएको २१३ रनको लक्ष्य अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकालेको हो । बेंगलोरका […]
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ। गएराती पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै हैदरावादले विजयी यात्रा आरम्भ गरेको हो। यसअघिका दुई खेलमा हैदरावाद लगातार पराजित भएको थियो। हैदरावादको घरेलु मैदान राजिव गान्धी इन्टरनेशनल स्टेडियममा पञ्जाबले दिएको १४४ रनको लक्ष्य हैदरावादले १७.१ ओभरमा २ विकेट गुमाएर भेटेको थियो। हैदरावादको […]
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश भएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको हो। लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको वकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएकाले त्यही आदेश भएको बताए। गत […]
ताप्लेजुङ। ताप्लेजुङमा बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता अर्थात ‘डोको क्यारी रन’ प्रतियोगिता सम्पन्न भएको छ । १५ किलोग्राम बालुवासहितको डोको बोकेर प्रतियोगीहरुले १३ किलोमीटरको दुरी पार गर्न प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा निर्धारित दुरी १ घण्टा ४ मीनेट ३१ सेकेण्डमा पार गर्दै फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू बिजयी भएका छन् । १ घण्टा ४ मीनेट ४४ […]
गुजरात आईपीएलको उद्घाटन खेलमा घाइते भएका न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप पनि गुमाउने सम्भावना बढेको छ। चेन्नई सुपर किङ्ग्सविरुछ घुँडाको चोट लागेका गुजरात टाइटान्सका ब्याटर विलियमसनले आईपीएलको पूरा सिजन नै गुमाउने यसअघि नै निश्चित भइसकेको छ। विलियमसनको घुँडामा शल्यक्रिया गर्नुपर्ने भएकाले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा उनको उपस्थितिमा शंका उब्जिएको छ। ‘केन प्रतियोगिताको सुरुमै घाइते […]
विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गर्यो । विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ६-१ गोल फरकमा पराजित गरेको छ । आर्मीका लागि देवसिंह धामीले २ […]
काठमाडौं नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ। तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ। कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो।आफूलाई ‘लेडी ड्रयागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हुन्, जो पुरुषसँगै खेल्छिन् । उनी महिला […]
काठमाडौं सिता राना मगर र इन्दु बर्माको शानदार ब्याटिङप्रेरित एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै ललितपुर मेयर कपको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै एक विकेट गुमाएर एक सय ५४ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले ६ विकेट गुमाएर १०० रन मात्रै बनाउन […]
ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा विभागिय टिम एपिएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको छ। एपिएफले समूहचरणका सबै चार खेलमा जित निकालेको हो। मंगलबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा एपिएफले आयोजक ललितपुर मेयर्स ११ लाई ३७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। साविक च्याम्पियन समेत रहेको ललितपुर अन्तिम खेल अगावै फाइनल पुगिसकेको थियो। […]
काठमाडौं । युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ । पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे । रोनाल्डोले पहिलो खेलमा लिचेस्टाइन विरुद्ध पनि दुई गोल गरेका थिए । पोर्चुगलका लागि उनले […]
अभिषेक दवाडी || राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ। लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन भएको छन भने रास्ट्र खेलकुद परिसदले गत माघ १२ गते ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण […]