पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका–४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् । सामान्य घाइते अवस्थामा रहेका उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए पछि चितुवा मृतावस्थामा फेला परेको उनले […]
काठमाडौं ः निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ। आयोगले संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी रङ र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ। मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख गरिएको छ। […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन अन्तरदेशीय रेलमार्ग र प्रसारण लाइनले आर्थिक सम्बन्धलाई थप सुधार गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल–चीन लगानी तथा व्यवसाय मञ्च’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको रेलमार्ग र प्रसारण लाइनलाई सरकारले महत्त्वका साथ हेरेको बताएका हुन्। उनले दुई सरकारबीच सीमापार आर्थिक क्षेत्र स्थापना र थप व्यापारिक नाका […]
कानमा पिप आउने वा पानी बग्ने आम समस्याजस्तै बनेको छ । खासमा यो किन हुन्छ ? यसको जटिलता के हो ? उपचार कसरी हुन्छ ? यो कसरी निको हुन्छ ? यावत् प्रश्न उठ्नु स्वभाविक पनि हो । खासमा कानमा संक्रमण भएपछि पिप र पानी बग्ने हुन्छ । यसमध्ये पनि फंगल ब्याक्टेरियल इन्फेक्सनले कानमा पिप बग्ने […]
काठमाडौं निजामती कर्मचारी (सिभिल) अस्पताल काठमाडौंमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ । अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो । यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ । विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका […]
काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाइएको हो । अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, […]
बेइजिङ । चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ । अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्ष यात्रीहरू जुनमा फर्किने सीएमएसएले सोमबार जनाएको हो।सबै अन्तरिक्ष यात्रीहरू राम्रो अवस्थामा रहेको केन्द्रले बताएको छ। चीनले यस वर्ष अन्तरिक्ष स्टेशन अनुप्रयोग र विकासको लागि तीन […]
काठमाडौं । २३ वटा निर्णाण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा परेका छन् । समयमै काम सम्पन्न गर्न नसकेका कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो । कार्यालयले कालो सूचीमा परेका कम्पनीको नाम सार्वजनिक गर्दै यी कम्पनीले तोकिएको अवधिसम्म कुनै खरिदको काममा सहभागी हुन नसक्ने जनाएको छ । २३ कम्पनीलाई कम्तिमा एक वर्षादेखि बढीमा […]
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) आज लण्डन जाँदैछन् । फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो । टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको […]
काठमाडौं । सिन्धुलीमा बस दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिकामा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । क्षतिको थप विवरण आइसकेको छैन ।
उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाको मनोनयन दर्ता भएको छ। शनिबार बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा चार जनाको मनोनयन दर्ता भएको हो। चैत ३ गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय दिएको थियो। सत्ता गठबन्धनकै मात्र तीन जनाले उम्मेदवारी दिएका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास […]
काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पनि संघीय संसद भवन पुगेका थिए । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।