
काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च […]
काठमाण्डौ – चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ समेत सस्तो हुन थालेको छ । दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेकाेमा अहिले घटेर ८५ रुपैयाँ पुगेको छ । काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ । यस्तै, चिनियाँ […]
उद्योगी पवन गोल्यानले आफूले नेपाल विद्युत् प्राधिकरणलाई एक रुपैयाँ पनि तिर्न बाँकी नरहेको जिकिर “रिलायन्स स्पिनिङ मिल्सको एक सुका पनि तिर्नुपर्ने भए रगत बगाउन तयार छु” काठमाडौं ।। उद्योगी पवन गोल्यानले आफूले नेपाल विद्युत् प्राधिकरणलाई कानुनसम्मत एक रुपैयाँ पनि तिर्न बाँकी नरहेको जिकिर गरेका छन् । आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन आयोजित […]
हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखे महानगरका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे मेयर बालेन र मेयर हर्क साम्पाङको सोच नै बेग्लै काठमाडौं ।। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए । […]
‘जीबी’ राई सहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने लामो समयसम्म पनि पक्राउ गर्न नसके पछि पक्राउ गर्न इन्टरपोलको सहयोग माग्दै नेपाल छोडेर विदेश भागेको आशंका भएपछि अब इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्ने काठमाडौं ।। सम्पर्क विहीन ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’ सहित चार […]
येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ सोमबार नेपालमा पनि मनाइयो क्रिसमस डे को दिन आपसमा खुशियाली साटासाट गदै फोटो खिच्न बालबालिका र युवा युवती झुम्मिए काठमाडौं ।। इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ सोमबार नेपालमा पनि मनाइएको छ । काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ । ११३ किलोमिटर दूरी पार […]
सुनसरी । सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्ने गरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्ला स्थित राजनैतिक दलहरूले भर्त्सना गरेका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालन तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटनको माग गरेको छ । सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने […]
विराटनगर । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि खाली भएको कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट बन्ने करिब निश्चित भएको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेकोमा राप्रपाले विष्टलाई अगाडि सारेको हो । यद्यपी त्यसको औपचारिक निर्णय गर्न भने बाँकी रहेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले […]
मेष–आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथ्ौ पाहुनाको आगमनले मन हर्षित रहला ।आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । वृष–कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको […]
काठमाडौँ । के तपाईंले अजिनोमोटो नाम कहिल्यै सुन्नु भएको छ? वास्तवमा, यो सेतो रङको नुन जस्तो पदार्थ हो, जुन प्रायः चाइनिज खाना जस्तै सूप, चाउचाउ, सस, फ्राइड राइस, डिब्बाबंद तरकारी, मन्चुरियन, फास्ट फूडमा प्रयोग गरिन्छ। खानेकुरा आदि यो खानामा हाल्दा यसको स्वाद बढ्छ।यसमा कुनै सुगन्ध, गन्ध हुँदैन र सेतो रंगको क्रिस्टल जस्तो देखिन्छ। यसमा एक […]
एक बालिका मृत अवस्थामा फेला बिहीबार बेलुका ७ बजे शव फेला घटना शंकास्पद देखिएकाले अनुसन्धान जारी जनकपुरधाम ।। धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले […]