sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोरोना भ्याक्सिनको नमुना लिएर रुसी टोली नेपाल आउँदै

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:४७
कोरोना भ्याक्सिनको नमुना लिएर रुसी टोली नेपाल आउँदै

काठमाडौं : रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन्। टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ।

रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालस्थित रसियन राजदूतावासका टोलीले भेट गरेका छन्। रुसी टोलीको नेपाल भ्रमण र मन्त्रीसँग दूतावासका कर्मचारीको भेटका विषयमा जिज्ञासा राख्दा डा कार्कीले भेट विशेष नभएको बताए। ‘यो ठूलो विषय होइन। रुसले एउटा माइनस १८ र अर्को २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भ्याक्सिन बनाएको रहेछ,’ मन्त्रीका विज्ञ सल्लाहकार डा कार्कीले भने, ‘उहाँहरू नेपालमा आउँदा त्यसको केही स्याम्पल नेपाल लिएर आउने र त्यसलाई भण्डारण गर्ने विषयमा कुराकानी भएको हो।’

डा कार्कीका अनुसार रुसले विकास गरेको खोप नेपालमा प्रयोग गर्ने गरी ल्याउन लागिएको भने होइन। ‘कुनै पनि खोप प्रयोग गर्नुपूर्व नेपाल औषधि विभागमा दर्ता गर्नुपर्ने हुन्छ। अन्य धेरै प्रक्रिया पनि छन्,’ उनले भने, ‘अहिल्यै प्रयोग गर्ने गरी ल्याउन लागिएको होइन।’

नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशलाई कोभिड भ्याक्सिनमा सहयोग गर्न आग्रह गर्दै नेपालले कूटनीतिक रूपमा पत्राचार गरेकाले त्यसको ‘रेन्सपोन्स’ गर्न रुसी टिम नेपाल आउन लागेको उनको भनाइ छ। रुसले स्पुतनिक-भी भ्याक्सिन निर्माण गरिरहेको छ। यसको प्रभावकारिता दर ९० प्रतिशतभन्दा बढी भएको दाबी गरिँदै आएको छ। तर यसको प्रयोगका लागि स्वीकृति भने दिइएको छैन।

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid