June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

ओलीको पत्रमा प्रचण्ड–माधव समूहमाथि पुनः ‘हमला’ : जसरी पनि जित्न खेलको नियम नै बदलियो

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ १७:२५
ओलीको पत्रमा प्रचण्ड–माधव समूहमाथि पुनः ‘हमला’ : जसरी पनि जित्न खेलको नियम नै बदलियो

काठमाडौं, २१ मंसिर : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज पार्टीको स्थायी समिति बैठकमा उपस्थित भएनन् । यद्यपि, उनले सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत् बैठकमा पत्र भने पठाएका छन् । ‘स्थायी समितिका प्रिय कमरेडहरु’ को नाममा पठाइएको पत्रमा उनले पुनः अर्का अध्यक्ष पुष्पकमल ‘दाहाल’ लगायत उनको विपक्षमा रहेका सचिवालय सदस्यहरुमा निशाना साधेका छन् ।

यसअघि बसेको सचिवालय बैठकमा स्थायी समिति बैठकलाई ‘रत्यौली’ को संज्ञा दिएका ओलीले पत्रमा अध्यक्ष प्रचण्डले ‘प्रस्ताव’ का नाममा आफूविरुद्ध अभियोग पत्र वितरण गरेपछि पार्टीमा असामन्य अवस्था सिर्जना भएको जानकारी दिएका छन् । पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोगपत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता आफूले सचिवालय बैठकमा राखेको उनले स्पष्ट पारेका छन् ।

पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखित निःशर्त फिर्ता हुने पर्ने अडान पनि ओलीले उक्त पत्रमा दोहोर्याएका छन् । ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो सङ्गीन आरोपपत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा अनुरोध गर्दछु,’ ओलीले पत्रमा भनेका छन् ।

ओलीले आफ्नो मनमा विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्विर राखेर तय गरिएका विधिलाई मान्दै अघि बढेको दाबी गरेका छन् । ‘तर, मलाई थाहा थिएन, खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नु हुनेछ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको नियम परिवर्त नैतिकता र राजनीति दृष्टिले गलत मात्रै होइन, विभाजकारी समेत छ,’ उनले भनेका छन् ।

उनले नेकपा बाह्य कारणले नभएरु महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्व मोह र सत्तामोहका कारण निम्तिएको आरोप लगाएका छन् ।

उनले महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नु पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नुपर्ने दोहोर्याएका छन् ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ १७:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।