राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाे क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै गएका छन्।
सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै लगेका हुन्।
जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा भइरहेको पछिल्लो मतगणनाको परिणाम अनुसार २४ हजार १०९ मतपत्र गणना हुँदा लिङ्देनले १२ हजार ३१ मत प्राप्त गरेका छन्।
कांग्रेस नेता सिटौलाले भने ९ हजार २६४ मत प्राप्त गरेका छन्। लिङ्देनले सिटौलालाई २ हजार ७६७ मतले उछिनेका छन्।