October 30, 2024 | बुधबार, कार्तिक १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समानुपातिकतर्फ एमालेले कटायो १७ लाख मत, (कुन दलको कति ?)

  • साझा परिवेश
  • शनिबार, मंसिर १०, २०७९ 0९:२२
समानुपातिकतर्फ एमालेले कटायो १७ लाख मत,  (कुन दलको कति ?)

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम आउनेक्रम जारी छ ।

शनिबार बिहान ५ः४५ बजेसम्मको प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजाअनुसार नेकपा (एमाले) पहिलो स्थानमा छ । एमालेले १७ लाख ९ हजार २५१ मत पाएको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ३८ हजार ६६५ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सात लाख ४८ हजार ७८२ मत प्राप्त गरेको छ ।

चौथो स्थानमा रहेको नेकपा (माओवादीले केन्द्र)ले ७ लाख २५ हजार ९९ मत प्राप्त गर्दा पाँचाँै स्थानमा रहँदै राप्रपाले ३ लाख ७९ हजार ९६० मत पाएको छ ।

यस्तै, छैटौँ स्थानको जसपाले २ लाख ५ हजार १५१, सातौँ स्थानको नेकपा (एस)ले १ लाख ४९ हजार ४८३, नागरिक उन्मुक्ति पार्टीले १ लाख ३२ हजार ९११, लोसपाले ८१ हजार २०५ तथा नेमकिपाले ६० हजार ४०६ मत पाएको छ ।

हाम्रो नेपाली पार्टीले ४० हजार १७२ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाले ३७ हजार २३ मत प्राप्त गरेको छ ।

 

  • साझा परिवेश
  • शनिबार, मंसिर १०, २०७९ 0९:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्