गणेशकुमार यादव
इनरुवा। सुनसरीको इनरुवामा शहिदको शालिकमा माल्या अर्पण तथा फलफुल बितरण गरि शहिद दिवस मनाएको छ ।
सोमबार इनरुवा नगरपालिका मेयर केदार भण्डारी तथा उप मेयरबिनिता मेहता लगायतकाले इनरुवा(४ स्थित रहेको सहिद गेटमा रहेका शहिदको सालिकमा माल्य अर्पण तथा जिल्ला अस्पताल इनरुवामा उपचारत बिरामिहरुलाई फलफुल बितरण गरि उक्त दिवस मनाएको हो ।
माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा सोमबार इनरुवामा इनरुवा नगरपालिकाका मेयर,उपमेयर, कर्मचारी लगायतले शहिदका सलिकमा माल्य अर्पण गर्दै बिरामिहरुलाई फलफुल बितरण गरि सहिद दिवस मनाएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएको थियो ।