February 10, 2025 | सोमवार, माघ २८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पूर्वराजा ज्ञानेन्द्रको आह्वान– मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २0:0६
पूर्वराजा ज्ञानेन्द्रको आह्वान– मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ

बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् ।

“अब म भन्छु, हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ । हामी पाखुराका बलमा अघि बढ्न कम्मर कसौँ । यसका निम्ति के पुरुष, के महिला, के आजको जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नुपर्छ,” उनले भने ।

पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए ।

शाहले लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थितिमा रहेको पनि बताए ।

“लामो अन्तरालपछि म आज उभिएर देशका बारेमा त्यस्तै कुरा गर्न विवश छु । मलाई दु:ख लाग्छ, यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ,” उनले भने ।

उनले देशवासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै मुलुकलाई समृद्ध बनाउने आफूहरूको भावना, धारणा र नारा रहेको बताए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्