May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुर्गा प्रसाईको महाअभियान आज शुरु हुँदै, दुई लाख मानिस उतार्ने दाबी

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ 0९:५८
दुर्गा प्रसाईको महाअभियान आज शुरु हुँदै, दुई लाख मानिस उतार्ने दाबी

झापा, फागुन १ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईले आजदेखि नागरिक बचाउ महाअभियान शुरु गर्ने हुनु भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभिायन आज विहान १० बजे पुर्वी सिमाना मेची नदिमा तामाको नौ मुखे दियो बालेर शुरु गरिने अभियानका बारेमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा प्रसाईले बताउनु भयो ।

महाअभियानको शुभारम्भ गर्न पुर्व राजा ज्ञानेन्द्र शाह, पुर्व युवराज पारस शाह सहित पुर्व राजपरिवारका सदस्यहरुको उपस्थिति हुने समेत प्रसाईले पत्रकार सम्मेलनमा बताउनु भयो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका प्रसाईले अहिलेकै अवस्थाबाट आम नेपालीमा आइपरेको संकट समाधान नहुने भन्दै देशलाई २०४६ चैत २६ गतेकै अवस्थामा फर्काउनु पर्ने धारणा राख्नु भयो । घुमाउरो पाराले राजसंस्थालाई पनस्थापनाको वकालत गर्नु भएका प्रसाईले आवश्यक परे जतिबेला पनि एमाले परित्याग गर्न सक्ने पत्रकार सम्मेलनमा बताउनु भयो ।

मेची नदिमा शान्तिको प्रतिक सेतो परेवा उडाएर ९ जना ब्राम्हण गुरुहरुले स्वस्ती पाठ गरेर महाअभियानको शुभारम्भ गरिने समेत प्रसाईले बताउनु भयो । अभियानको शुरुवातमा काकरभिट्टामा दुई लाख मानिस आउने पनि प्रसाईले दाबी गर्नु भयो । वहाँका अनुसार देशबाट मात्रै होईन विश्वका विभिन्न देशमा रहेका नेपालीहरु यो अभियानमा सहभागि हुन आएका छन । ‘गिता हाम्रो मार्ग दर्शन हो,’ प्रसाईले भन्नुभयो, ‘गिताले भने अनुसार गर्दा मात्रै देशको संकट टर्छ ।’

महाअभियानको मुख्य उद्देश्य नागरिकलाई बचाउनु रहेको प्रसाईको दाबी छ । आर्थिक संकटका बेला सरकार छ भन्ने देखाउनु पर्ने हो तर त्यसो हुन नसकेको प्रसाईले बताउनु भयो । वहाँले भन्नुभयो, ‘नेपालीको २० लाखसम्मको ऋण मिनाहा हुनु पर्छ नत्र के को सरकार ।’
मेचीबाट शुरु भएको महाअभियान महाकाली पुगेर समापन हुने र यसमा देशका बहुसंख्यक नागरिक जोडिने प्रसाईले बताउनु भयो ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ 0९:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट