झापा प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ४९ वटा कुरमुरेको प्याकेट बरामद गरेको छ ।
आज हिन ४:३० बजे प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा झापा गाउपालिका-७ सिमलबारीमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ४९ प्याकेट कुरमुरे बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार सोही स्थानबाट भन्सार छलेर ल्याइएको ७० केजी चिनी, दश प्येकट विडी समेत बरामद भएको छ ।
बरामद भएको सामानको अनुमानित बजार मुल्य १० हजार ५६० रहेको प्रहरीले जनाएको छ । बरामद सामान भद्रपुर भन्सार कार्यालय झापा बुझाउने तयारी भईरहेको डिएसपी रिजालले बताए ।