काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पाँच विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका हुन ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउदा १२४ रन जोडेको छ ।खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ । टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन् ।
सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो । यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो । लिग–२ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ। बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग–२ को शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्न पर्ने चुनौती छ ।