निर्वाचन आचारसंहिता विपरीत क्याम्पसमा तोकिएको अवधि भन्दापछि विद्यार्थी भर्ना गरिएकोले ती नामहरू मतदाता सूचिबाट हटाउन माग सम्बोधन नभएको भन्दै अनेरास्ववियुले काँकडभिट्टा बहुमुखी क्याम्पस तोडफोड गरेका छ ।
नेकपा एमाले निकट (अनेरास्ववियु) र नेकपा समाजवादी निकट अनेरास्ववियू बिच झडप भएको जनाइएको छ । क्याम्पस गेटमा भएको बोर्ड अनेरास्ववियुले जलाउन खोज्दा अनेरास्ववियूले रोकेको थियो । उक्त विषयमा झडप भएको जनाइएको छ ।
काँकडभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सम्बन्धी विवाद झन् तनावग्रस्त भएको छ । उक्त अराजक गतिविधि गर्ने अनेरास्ववयिुका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।