May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १६:४९
यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ

उच्च रक्तचाप हुनुका पछाडि केही कारण छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार मानिन्छ खानपानलाई पनि । धेरै मात्रामा नुन, बोसोयुक्त, मैदाजन्य, प्याकेटबन्द वा फास्टफुड खानेकुराले उच्च रक्तचापको जोखिम बढाउँछ ।

उच्च रक्तचापको समस्या भएका व्यक्तिदे नुन तथा धेरै नुन प्रयोग भएका खानेकुरा एकदमै कम खानुपर्छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ, जसले रक्तचाप बढाउने काम गर्छ । धेरै तेलमा तारेको खानेकुरामा स्याचुरेटेड फ्याट हुन्छ, यसले पनि रक्तचाप बढाउने भयो । यसले हृदयरोगको जोखिम बढाउन सक्छ ।

रक्तचापको समस्या भएमा रक्सी र धुम्रपान पनि त्याग्नुपर्छ । अल्कोहलमा क्यालोरी धेरै हुन्छ, जसले तौल बढाउन सक्छ ।  यसले रक्तचाप बढ्न सक्छ ।  साथै यसले मुटुरोगको जोखिम पनि बढाउन सक्छ । धुम्रपानका कारण धमनीहरू कडा र साँघुरो हुन थाल्छन्, जसकारण रक्तचाप बढ्न थाल्छ । त्यसैले यी चीजको सेवनबाट टाढा रहनु राम्रो हुन्छ ।

शरीरलाई चाहिनेभन्दा बढी कार्बोहाइड्रेटको सेवन पनि राम्रो हुँदैन । धेरै कार्बोहाइड्रटयुक्त खानाले मोटोपन बढाउँछ, जसले रक्तचाप पनि बढ्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने खानेकुरा

उच्च रक्तचाप नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले ‘ड्यास डाइट’ डाइट प्लान सुझाएको छ । जसले खानपानको मद्दतबाट कसरी उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने सुझाव दिन्छ ।

‘ड्यास डाइट’ले सम्पूर्ण अन्न, रंगीन फलफूल र तरकारी खान सल्लाह दिन्छ, किनकि त्यसमा प्रशस्त  मात्रामा एन्टीअक्सिडेन्ट र फ्लेभोनोइड्स हुन्छ ।

सम्पूर्ण अन्न

प्रशोधन नगरिएको गहुँ, मकै, जौ, चामल लगायत चोकरसहितका अन्नको सेवन गर्नु राम्रो हुन्छ । यस्ता खानेकुरामा फाइबर, भिटामिन, आइरन फस्फोरस, म्याग्नेसियम र क्याल्सियम हुन्छ ।

हरियो सागपात

उच्च रक्तचापको समस्या भएकाले हरियो सागपात प्रशस्त मात्रामा खानुपर्छ । यसमा भिटामिन, एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

फलफूल

स्याउ, सुन्तला, आँप लगायत फलफूलको दैनिक सेवन गर्नु पनि उच्च रक्तचाप नियन्त्रणको लागि उपयोगी हुन सक्छ । फलफूलमा भिटामिन र पोटासियम जस्ता खनिज हुन्छन् । यसले रक्तचाप कम गर्न मद्दत गर्छ । त्यसैले दैनिक एउटा मौसमी फलफूलको सेवन गर्नु राम्रो हुन्छ ।

तेल

स्याचुरेटेड फ्याट तथा वनस्पति तेलको प्रयोग एकदमै कम गर्नुपर्छ । ओमेगा ३, ओमेगा ६, भएका तेलको प्रयोग गर्नुहुँदैन । राम्रो फ्याटको लागि ओखर, बदाम, माछा जस्ता खानेकुरा खानुपर्छ ।

रक्तचाप नियन्त्रण गर्ने

-नियमित रूपमा रक्तचाप जाँच गर्ने

-मोटोपन नियन्त्रण गर्ने

-दैनिक योग र व्यायाम गर्ने

-खानपान र जीवनशैली परिवर्तन गर्ने

-पर्याप्त पानी पिउने

-चिकित्सकले तोकेको औषधि तोकिएको समयमा खाने

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १६:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट