sweet bonanza
January 27, 2026 | मङ्लबार, माघ १५, २०८२
सुचनाहरु
Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को

८२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १४:२२
८२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

म्याग्दी। हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ । जिल्लाका विभिन्न स्थानमा भएको घुम्ती शिविरबाट पहिचान भएका तथा बेनीमै भएको शिविरमा पहिचान भएका गरी कुल ८२ जनामध्ये ३ जना रोगीको दुवै आँखामा मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमरबहादुर बानियाँले जानकारी दिनुभयो ।

तीन दिनसम्म बेनीमा भएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको ओपीडी परीक्षणमा आठ सय ६९ जनाले आँखाको परीक्षण गराउनुभएको थियो । बेनी अस्पताल म्याग्दी परिसरमा सञ्चालित शिविरबाट ३५ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको थियो ।

यसअघि नेत्र ज्योति संघले रघुगंगा गाउँपालिकाको पाखापानीमा गरेको शिबिरमा पाँच जना, मंगला गाउँपालिकाको कुहुँमा पाँच जना, बरंजामा ४ जना अन्नपूर्ण गाउँपालिकाको शिखमा ६ जना हिस्तानमा ६ जना र राम्चेमा ५ जना गरी ३१ जना पहिचान गरेको थियो । त्यस्तै रघुगंगाको भगवतीमा १० जना र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा ६ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको थियो ।

पोखरा व्यावसायिक महिला क्लब र नेत्रज्योति संघ म्याग्दीको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. अन्जु गुरुङको नेतृत्वमा ८ जनाले आँखाको चेकजाँच तथा शल्यक्रिया सेवा उपलब्ध गराएको थियो । शिविरमा आएका सर्वसाधारण तथा बिरामीमा आँखासम्बन्धी अन्य रोगको समेत पहिचान गरिएको छ । थप उपचारका लागि रिफर गरिएको नेत्रज्योती संघ म्याग्दीले बेनीमा सञ्चालन गरेको आँखा उपचार केन्द्रका प्रमुख एवं नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid