July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:३१
प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको तीन महिना भएको छ।

पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले पुस २६ र चैत ६ मा गरी दुई पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्।  तीन महिनामा प्रधानमन्त्री प्रचण्डले ६ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। तर, मन्त्रीपरिषद् अहिले ७ सदस्यीय मात्रै छ। १६ वटा मन्त्रालय प्रधानमन्त्री आफैसँग छन्।

उनले पुस ११ मा आठ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा  माघ १३ गते पदमुक्त भए। उनको मन्त्रालय प्रधानमन्त्री आफैले राखे।  माघ २२ मा  रास्वपाका तीन मन्त्रीले राजीनामा दिए। उनले श्रम, शिक्षा मन्त्रालय आफै मातहतमा राखे। त्यसपछि फागुन १३ मा राप्रपाले आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो। उनले राप्रपाको भागमा परेका मन्त्रालय पनि आफैसँग राखे।

फागुन १५ मा एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रचण्डको भागमा १६ मन्त्रालय छ। सत्ता समिकरण बदलेर पुरानै गठबन्धन ब्युत्याएको कांग्रेसले राष्ट्रपति हात पारेको छ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई सभामुखमा समर्थन गरे भने राष्ट्रपतिमा कांग्रेसलाई समर्थन। चैत १० गते भित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहँदा भागबण्डा नमिल्दा अन्योल बढेको हो।  प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन दलको माग पूरा गर्न सकस परिरहेको छ। पुस १० मा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चेपुवामा परे  प्रचण्ड अहिले कांग्रेसको दवाबमा छन्।

कांग्रेस भित्रै मन्त्री बन्नेहरु आकांक्षीहरुको ताती लागेपछि सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री प्रचण्डसँग वान टु वान छलफल गरे। देउवालाई शेखर कोइराला पक्षको माग सम्बोधन गरेर गठबन्धन कायम राख्ने चुनौती देखिएको छ।

देउवा इतरका महामन्त्री गगन थापाले सरकारमा नजाँदै प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिन थालेका छन्। सामुदायिक रेडियो प्रसारक संघको कायंक्रममा थापाले नागरिक तर्साउने काम नगर्न प्रधानमन्त्रीलाई चेतावनी नै दिए।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्