sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विराट गोल्डकपः घरेलु टोली बिसिएफसी पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा, पुलिस पहिलो खेलबाटै बाहिर

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:४५
विराट गोल्डकपः घरेलु टोली बिसिएफसी पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा, पुलिस पहिलो खेलबाटै बाहिर

मोरङ – घरेलु टोली विराटनगर सिटी फुटबल क्लब विराटनगरमा सुरु भएको विराट गोल्डकपको पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।

सहिदमैदानमा बिहीबारबाट सुरु भएको सातौं संस्करण अन्र्तगत पहिलो खेलमै नेपाल पुलिस क्लबलाई १ शून्यले पराजित गर्दै बिसिएफसी अन्तिम चारमा प्रवेश गरेको हो। जारी शहिद स्मारक ए डिभिजन लिगको अन्तिम १४ औं स्थानमा रहेको पुलिसलाई पराजित गर्न घरेलु टोली बिसिएफसीलाई हम्मे हम्मे परेको थियो।

खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलको अवसर बनाएपनि बललाई सहीदिशा दिन नसक्दा गोलरहित बराबरीमा टुगिंएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटको अन्तिम समयमा बिसिएफसीका लागि अशिष श्रेष्ठले गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका थिए। श्रेष्ठले समग्रमा खेलको १ सय २१ औं मिनेटमा गोल गरेको रेफ्री एसेसर मधुसुदन खनालले जानकारी दिए। जित हात पारेको बिसिएफसी नेपाल सुपर लिगको छैटो स्थानमा रहेको टोली हो।

यससंगै पहिलो खेलमा जित हात पारेको बिसिएफसीले त्रिभुवन आर्मी र जाउलाखेल युथ क्लबबीचको विजेता टोलीसंग चैत्र १३ गते हुनेछ।

रेफ्री एसेसर खनालका अनुसार शुक्रबार हुने दोस्रो खेलपनि आर्मीले र जाउलाखेल युथको सामना गर्नेछ। आर्मी क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमीफाइनलबाट बाहिरिएको टोली हो। त्यसैगरि, जारी शहिद स्मारक ए डिभिजन लिगमा आर्मीको टोली पाँचौ स्थानमा रहेको छ। त्यसैगरि अर्को प्रतिस्पर्धी टोली लिगको चौथो स्थानमा रहेको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid