July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

विराट गोल्डकपः घरेलु टोली बिसिएफसी पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा, पुलिस पहिलो खेलबाटै बाहिर

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:४५
विराट गोल्डकपः घरेलु टोली बिसिएफसी पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा, पुलिस पहिलो खेलबाटै बाहिर

मोरङ – घरेलु टोली विराटनगर सिटी फुटबल क्लब विराटनगरमा सुरु भएको विराट गोल्डकपको पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।

सहिदमैदानमा बिहीबारबाट सुरु भएको सातौं संस्करण अन्र्तगत पहिलो खेलमै नेपाल पुलिस क्लबलाई १ शून्यले पराजित गर्दै बिसिएफसी अन्तिम चारमा प्रवेश गरेको हो। जारी शहिद स्मारक ए डिभिजन लिगको अन्तिम १४ औं स्थानमा रहेको पुलिसलाई पराजित गर्न घरेलु टोली बिसिएफसीलाई हम्मे हम्मे परेको थियो।

खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलको अवसर बनाएपनि बललाई सहीदिशा दिन नसक्दा गोलरहित बराबरीमा टुगिंएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटको अन्तिम समयमा बिसिएफसीका लागि अशिष श्रेष्ठले गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका थिए। श्रेष्ठले समग्रमा खेलको १ सय २१ औं मिनेटमा गोल गरेको रेफ्री एसेसर मधुसुदन खनालले जानकारी दिए। जित हात पारेको बिसिएफसी नेपाल सुपर लिगको छैटो स्थानमा रहेको टोली हो।

यससंगै पहिलो खेलमा जित हात पारेको बिसिएफसीले त्रिभुवन आर्मी र जाउलाखेल युथ क्लबबीचको विजेता टोलीसंग चैत्र १३ गते हुनेछ।

रेफ्री एसेसर खनालका अनुसार शुक्रबार हुने दोस्रो खेलपनि आर्मीले र जाउलाखेल युथको सामना गर्नेछ। आर्मी क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमीफाइनलबाट बाहिरिएको टोली हो। त्यसैगरि, जारी शहिद स्मारक ए डिभिजन लिगमा आर्मीको टोली पाँचौ स्थानमा रहेको छ। त्यसैगरि अर्को प्रतिस्पर्धी टोली लिगको चौथो स्थानमा रहेको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्