काठमाडौँ । बारा घर भएर काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका चन्दर गोसाईंको गाडीको ठक्कर बाट मृत्यु भएको छ।
गोसाईंलाई ठक्कर दिने गाडी र चालक भक्तपुर चामु नगरपालिका ५ का दिनेश नगरकोटी प्रहरी बिट गौशालाको नियन्त्रणमा रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
मृतक चन्दर गोसाईं विगत १० वर्षदेखि काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका थिए। मृतकको श्रीमती मात्र रहेको उनका भाइ राम एकबाल गोसाईंले बताएका छन्। दुर्घटनामा सहचालकको खुटा भाँचिएको छ।