April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:३0
जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश
बारा । टाइ व्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मकवानपुर ११ ले बनाएको २–० को शुरुवाती अग्रता जोगाउँन नसक्दा खेल अतिरिक्त समय हुँदै टाई व्रेकरमा धकेलिएको हो । निर्धारित समय २–२ को बराबरीमा सकिए पछि ३० मिनेंटको अतिरिक्त समयमा दुबै टिमले १–१ को बराबरी खेले ।

मकवानपुरको जितमा टाई व्रेकरमा संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदिप श्रेष्ठले गोल गरे । भने मकवानपुरका अविनास खड्काको प्रहार भरतपुरका गोलर क्षकले बचाउ गरे । भरतपुरका लागि सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठले गोल गरे ।

टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरीयो भने आकाश थापा मँगरको प्रहार गोल पोष्टमा ठोक्किएर फर्कियो । निर्धारित समयको खेलमा मकवानपुरले खेलको दशौं मिनेंट मैं २–० को अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउँन नसक्दा खेल अतिरिक्त समय हुँदै टाई ब्रेकरमा धकेलिएको थियो ।

मकवानपुरले खेलको चौथो मिनेंटमा सुजन गुरुङको गोलबाट अग्रता बनायो । भरतपुरका गोल रक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल विट गर्दै करिब ३० यार्ड परबाट सुजनले गोल गरेका थिए ।

१–० ले पछि परेको भरतपुर विरुद्ध आक्रामक खेल खेलेको मकवानपुरले खेलको दशौं मिनेंटमा अग्रता दोब्बर पार्यो । मनिष पौडेलले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोल रक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् ।

३३ औं मिनेंटमा भरतपुरका भिष्म क्षेत्रीले बराबरी गोल फर्काए । मकवानपुरका सञ्जिब अर्यालले फाउल गरे पछि पाएको फ्रिकिकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भिष्म क्षेत्रीले आकर्षक हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।

खेलको ५५ औं मिनेंटमा सजिन थापा मँगरले भरतपुरका लागि बराबरी गोल गरे । सुनील श्रेष्ठको पासमा सजिनले डिबक्स भित्रबाट सुन्दर गोल गरे ।

करिब पाँच हजार दर्शकको उपस्थिती रहेको सिमरा रङ्गशालामा पहिलो क्वाटर फाइनल रोमाञ्चक रह्यो । निर्धारित ९० मिनेंटको खेल बराबरी खेलेका दुबै टिमले अतिरिक्त समयको ३० मिनेंट जितका लागि कठिन संघर्ष गरे ।

अतिरिक्त समयको पाँचौ मिनेंटमा मकवानपुरले भरतपुरका सुधांश चौधरीको आत्मघाती गोलबाट ३–० को अग्रता बनाएको थियो । गोल लाईनबाट बल क्लिएर गर्ने क्रममा सुधांशको प्रयासले जाली चुमे पछि मकवानपुरका समर्थक उत्साहित बने ।

मकवानपुरको अग्रतालाई भरतपुरका सुनील श्रेष्ठले अतिरिक्त समयको १५ औं मिनेंटमा बराबरीमा ल्याए । सेन्टर लाईनबाट एकल प्रयासमा बल अघि बढाएका सुनीलले करिब ३० यार्ड परबाट बललाई गोल पोष्टको दिशा दिएका थिए ।

प्रतिष्पर्धात्मक खेलमा मकवानपुर ११ र भरतपुर फुटबल क्लबले थुप्रै आकर्षक अवसरहरु गुमाएका थिए । शुरुवाती दबाबलाई झेल्दै उत्कृष्ट प्रदर्शन गरेको भरतपुर प्रतियोगिताबाट बाहिरिए पनि घरेलु दर्शकको मन जित्न सफल भयो । प्रिक्वाटरमा आयोजकलाई पराजित गरेको भरतपुरको समर्थनमा अधिकांश स्थानीय दर्शक प्यारापिटबाट हुटिङ गरिरहेका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।