July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नेप्से बढेपनि कारोबार रकम भने घट्यो

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १६:३२
नेप्से बढेपनि कारोबार रकम भने घट्यो

काठमाडौं

अर्थमन्त्रीमा डा. प्रकाशशरण मत नियुक्त भएपछिको साताको सुरुवाती तीन दिन घटेको सेयर बजार चौथो दिन भने एकल अंकले वृद्धि भएर बन्द भएको छ । गत बिहीबारयता लगातार चार दिन घटेको नेप्से पाँचौं दिन बुधबार भने बढेको हो ।

बुधबार बजार परिसूचक नेप्से ८.३९ अंकले वृद्धि भएर १८७५.०४ अंकमा बन्द भएको छ । बुधबार उत्पादनमूलक, व्यापार र निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।

होटल तथा पर्यटन उपसूचक १.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ । यता उत्पादनमूलक उपसूचक ०.१० प्रतिशत, निर्जीवन बीमा उपसूचक ०.५२ प्रतिशत र व्यापार उपसूचक ०.४१ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार करिब ९२ करोडको कारोबार भएको बजारमा बुधबार ८१ करोड ६० लाखमा झरेको हो । २१ हजार ५०४ वटा कारोबारमा २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्