sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेका रास्वपा सांसद निलम्बित

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १४:३१
दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेका रास्वपा सांसद निलम्बित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीले कारबाही गरेको हो।

प्रमुख सचेतक सन्तोष परियारले आफूहरूले घुस मागेको अडियो सुनेकाले एक साताका लागि निलम्बन गरेको जानकारी दिए। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने बताए। रास्वपाले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टी सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो। उनले उक्त रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन्।

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनमा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला।’

आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गर्दै प्रसाईंले भनेका छन्, ‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।’

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid