काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मेघ आलले पार्टीले समानुपातिक प्रणालीको विधि उल्लंघन गरेको भन्दै पार्टी नेतृत्वविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने भएका छन्।
जनजातितर्फको दुई नम्बरमा रहेको कारणले आफूलाई सांसद बनाउनुपर्ने उनको दाबी छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो प्रकरणमा बिहीबार रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गरेसँगै ढाकाको ठाउँमा बिन्दबासिनी कंसाकारलाई पठाउने निर्णय गरेको थियो।
सोही निर्णयविरुद्ध नेता मेघ आयोगमा उजुरी दिने भएका हुन्।