May 25, 2025 | आइतवार, जेष्ठ १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुलुकलाई संकटबाट मुक्त गर्न राष्ट्रवादी र सनातन हिन्दुवादी पक्षधरहरू एक ठाउँमा आउनुपर्छ: कमल थापा

  • साझा परिवेश
  • शनिबार, बैशाख २, २०८० ११:0२
मुलुकलाई संकटबाट मुक्त गर्न राष्ट्रवादी र सनातन हिन्दुवादी पक्षधरहरू एक ठाउँमा आउनुपर्छ: कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी ,सनातन हिन्दुवादी पक्षधर शक्तिहरू केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन्।

नयाँ बर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउँदै एकतामा आउनुपर्नेमा जोड दिए।

मुलुकको व्यवस्थामात्र परिवर्तन भएको अवस्थामा कुनै परिवर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेकोमा थापाले चिन्ता व्यक्त गरे।

मुलुकको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राजनीतिको छायाँमा परेको उनको भनाइ छ।

नेता थापाले ठुला दलहरूको अदूरदर्शिता र अकर्मण्यताको कारण विदेशी चलखेल र प्रभाव बढेको र कानुनी मान्यतामाथि हमला गरिएकाले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने अग्नि परिक्षामा उच्च मनोबलसहित खरो रूपमा उत्रन नयाँ वर्षले सबैमा प्रेरणा दिनेसमेत बताए।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं उपत्यका संयोजक जयकुमार खड्का, केन्द्रीय सदस्य राजकुमार खड्कालगायतले बोलेका थिए।

  • साझा परिवेश
  • शनिबार, बैशाख २, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?