May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रेलमार्गको डीपीआर पछी दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:२१
रेलमार्गको डीपीआर पछी दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित

काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम सातासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित भएको छ ।

रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर प्रारम्भिक डीपीआर समेत बुझाइसकेको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले आगामी दुई हप्ताभित्र अन्तिम डीपीआर तयार पारिसक्ने र त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति घोषणा गरिने भएको हो ।
कूटनीतिक र अनौपचारिक स्तरबाट भएका छलफलले एजेन्डाहरू तयार पारेको र त्यसमध्ये सबैभन्दा प्राथमिकतामा रक्सौल–काठमाडौँ रेलमार्गलाई अघि बढाउने विषय रहेको कूटनीतिक स्रोतले जनाएको छ । ‘भ्रमणलाई अर्थपूर्ण बनाउनुपर्छ भन्ने भारतीय पक्षको भनाइ थियो । त्यसका लागि दुई देशबीच कूटनीतिक र अनौपचारिक स्तरमा धेरै विषयमा छलफल भइरहेको छ । भारतले मुख्य गरी रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग निर्माण कार्यलाई अघि बढाउने विषय प्राथमिकतामा राखेको छ,’ स्रोतले भन्यो, ‘डीपीआर तयार पार्ने काम अन्तिम चरणमा पुगेको र वैशाखको दोस्रो सातासम्म बुझाउने भन्ने भएपछि त्यसैलाई भ्रमणको मुख्य आकर्षण बनाउने गरी मिति घोषणा गर्ने तयारी भइरहेको छ ।’
१० पुसमा प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रचण्डले भारत भ्रमणमा जान चासो देखाइरहेका थिए । तर, भारतले भ्रमणमा पर्याप्त गृहकार्य गर्नुपर्ने भन्दै औपचारिक निमन्त्रणा दिएको थिएन । यद्यपि, भ्रमणको तयारी स्वरूप दुवै पक्षले निरन्त छलफल भने गरिरहेका थिए । भारतले महत्वपूर्ण परियोजनामा काम अघि बढ्ने गरी भ्रमणलाई अर्थपूर्ण बनाउनु पर्ने भन्दै आएको थियो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट