April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

बागेश्वरीको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र शाह आउने

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १२:३९
बागेश्वरीको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र शाह आउने

नेपालगञ्ज । बागेश्वरी मन्दिरमा गरिने महाआरतीमा सहभागी हुनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलगायत तत्कालीन राजपरिवार नेपालगञ्ज आउने भएका छन्।

पश्चिम नेपालको विभिन्न जिल्लाको भ्रमणमा निस्किने क्रममा पूर्वराजा ज्ञानेन्द्रसहितका तत्कालीन राजपरिवारका सदस्य नेपालगञ्ज आउने र बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम बनाइएको छ।

पूर्वराजा वैशाख १८ गते नेपालगञ्ज आउने कार्यक्रम रहेको छ। पूर्वराजाले एक महिना नै नेपालगञ्जमा बसेर सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने र नेपालगञ्ज बसाइ सुखद् बनाउनका लागि राजावादी तथा हिन्दुवादीहरू छलफलमा जुटेका छन्। पूर्वराजाको भ्रमणबारेमा छलफल गर्न राजाका सचिव सागर तिमिल्सेना नेपालगञ्ज आएका छन्।
सचिव तिमिल्सेनाले नेपालगञ्जमा राजावादी पार्टी, भातृ संगठन, हिन्दुवादी संघ संस्था तथा व्यक्तिसँग छलफल गरिरहेका छन्।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गर्ने गरिएको छ। महाआरतीमा दिनप्रति दिन भक्तजनको घुँइचो लागिरहेको छ। पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटकको सधैा भीड हुने गर्दछ।

हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरू स्वस्फूर्त आउने गरेका छन्।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।