sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कतारमा नेपाली किन पर्छन् जेलमा ?

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० 0९:५0
कतारमा नेपाली किन पर्छन् जेलमा ?

काठमाडौँ । कतारको केन्द्रीय कारागारमा ६५ जनाभन्दा बढी नेपालीले जेल जीवन बिताइरहेका छन् । कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले ६५ जना नेपाली कतारको जेलमा रहेको जानकारी दिए । उनका अनुसार उनीहरू मादक पदार्थ सेवन गर्ने र बेच्ने, आर्थिक हिनामिना, चोरी र गाडी दुर्घटनाका कारण जेल परेका हुन् ।

‘अहिले कतारको जेलमा ६५ जनाभन्दा बढी नेपाली छन्,’ राजदूत ढकालले भने, ‘यो अपडाउन भइरहन्छ, अधिकांश नेपाली मादक पदार्थ सेवन गर्ने र बेच्ने गरेका कारण जेल परेका छन्, केही आर्थिक हिनामिना, चोरी र गाडी दुर्घटनाका कारण जेल जीवन बिताइरहेका छन् ।’

कानुनी कारबाहीको सिलसिलामा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरू जेलमा रहेको राजदूत ढकालले बताए । उनले नेपालीलाई कतारको कानुनलगायत सामाजिक, धार्मिक मान्यतालाई सम्मान गर्दै काम गर्न आग्रह गरेका छन् ।

कतारले मुस्लिम धर्मावलम्बीको पर्व रमजान र राष्ट्रिय दिवसका अवसरमा असल चालचलन भएका कैदीबन्दीलाई आममाफी दिँदै आएको छ । कतार नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मुलुक हो, तर त्यहाँको कानुन कडा छ । नियम कानुन’bout थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा कतारमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

कतारमा मादक पदार्थ सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा वर्षौंवर्षसम्म जेल सजाय हुनसक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ कार्यरत नेपाली समुदायलाई आग्रह गरेको छ ।

मादक पदार्थ ओसारपसार गर्ने कार्यमा जेल परेकालाई र जेल अवधि भुक्तान गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनः कतार फर्कन नपाउनेगरी डिपोर्ट गर्ने गरिएको छ । कतारमा अहिले ३ लाख १२ हजार ६ सय ५० जना नेपाली कार्यरत छन् । जसमा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपालीले निर्माण क्षेत्रमा काम गर्दै आएका पाइन्छ । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० 0९:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid