sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

पूँजी बजारमा ‘सकम्बरी’को मोल

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:४३
पूँजी बजारमा ‘सकम्बरी’को मोल

 डा.डिजन भट्टराई ।
नयाँ वर्षको सुरुवातसँगै गायक प्रकाश सपूतको ‘सकम्बरी’ सार्वजनिक भयो । यस सिर्जनाका सम्बन्धमा विविध मान्छेका विविध प्रतिक्रिया सामाजिक सञ्जालमा असरल्ल छन् । यसमा विशेषतः महिलाको चरित्रलाई विद्रुपीकरण गरिएको भनेर आलोचना समेत छ भने म्युजिक भिडियोमा राखिएका संवादमा पुरुषले नै महिलालाई यस प्रकारको जीवन बाँच्नका लागि उत्प्रेरित गराएको प्रसंग छ ।

एकातर्फ महिलाले आफ्नो महत्वाकांक्षा परिपूर्र्तिका लागि जे पनि गर्छन् भनी नारी चरित्रलाई आरोपित गरिएको छ भने अर्काेतर्फ पुरुषले महिलालाई भोग्याको रूपमा हेर्ने दृष्टिकोणलाई पनि छरपस्ट रूपमा प्रस्तुत गरिएको छ । समग्रमा यस गीतका शब्द र दृश्यहरूले आजको नेपाली समाज मात्रै होइन, विश्वमा नै देखिएको आधुनिक, अझ भनौं उत्तरआधुनिक भनाउँदो मानवीय जीवनको एउटा सानो बिम्वलाई पस्केको छ ।

यस गीतका शब्द र दृश्यले विभिन्न प्रश्नहरू उब्जाएका छन्  । गीतमा प्रस्तुत विषय आजको नेपाली समाजको दृश्य मात्रै हो कि विश्वव्यापी परिदृश्य ? यस किसिमको मानवीय जीवनको निर्माता को ? के गीत र दृश्यमा प्रस्तुत जीवन सुन्दर छ ? के प्रचलित सबै सामाजिक मूल्यहरू सही होलान् त ?

यसैगरी महिला पुरुष सम्बन्धका सार्वभौम चित्र यस्तै मात्रै होलान् त ? यो व्यक्तिको सामाजिक तथा आर्थिक मूल्यसँग मात्रै जोडिएको छ कि राज्य प्रणाली तथा विश्व अर्थप्रणालीको हिस्सा पनि हो ? यस्ता चित्रहरूले के साँच्चै महिलाहरूलाई अपमान मात्रै गरेका हुन् त ?

यी तमाम प्रश्नलाई मानवीय इतिहासको विकासक्रमका सापेक्षतामा विश्लेषण गरिनुपर्छ । यो रातारात निर्माण भएको परिघटना होइन, यसभित्र इतिहासमा विलुप्त शक्ति र स्रोत–साधन व्यवस्थापनको गहिरो षड्यन्त्र लुकेको छ । इतिहासले लुटेको महिलाको सत्ता र पुरुष अहंको प्रतिबिम्बन छ ।

महिलाको लागि निर्मम भएको समाज विकासक्रमको एउटा जीवन्त चित्र छ । पुरुष सत्तामा छट्पटाइरहेका महिलाको चीत्कार छ । त्यसैले समयको यथार्थलाई छिपाउनु भन्दा ज्यादा पिलो निचोरेझैं निचोर्नु जरूरी देखिन्छ ।

पुरुष सत्ता कायम हुनमा कुनै एउटा पुरुष दोषी छैन, त्यो त इतिहासको उत्पादन सम्बन्धमा आएको यस्तो निर्मम परिघटना थियो, जसले महिलाको हातमा रहेको सत्ता पुरुषको हातमा पुर्यायो । अझ भनौं, दास युगमा महिलाको अवस्था अत्यन्तै कारुणिक र दयनीय हुन पुग्यो । महिलालाई केवल दासी र भोग्याका रूपमा बुझ्न थालियो ।

दासयुगको अन्त्यसँगै आएको सामन्तवादी युगमा पनि पुरुष सत्ता यथावत् नै थियो । त्यस युगमा पनि महिलाको अवस्था उस्तै दर्दनाक थियो, कुनै सुधार भएन ।

सामन्तवादी युगको अन्त्य र पूँजीवादी युगको उदयले मानिसलाई खुला र स्वतन्त्र बनाए पनि उत्पादनका साधनहरू निश्चित व्यक्तिमा मात्रै केन्द्रित छन् । जीविकोपार्जनका लागि स्रोतसाधन आफूमा केन्द्रीकृत गर्ने प्रतिस्पर्धा झनै चर्काे रूपमा देखिएको छ ।

यस उत्पादन प्रणालीमा महिलाहरू हिजोभन्दा स्वतन्त्र त छन्, तर पुरुष सत्ता भने यथावत् छ । पुरुष सत्ताले बनाएका नियम कानुनका परिधिभित्र हाँस्नु, खेल्नु मानौं उनीहरूको नियति हो । यौनको पवित्रता र आदर्श पुरुष सत्ताको मूल्य हो । त्यही मूल्यलाई बोकेर सामाजिक मर्यादा कायम गरिनु उनीहरूको यथार्थ हो ।

प्रकाश सपूतको गीतमा बोलिएका शब्द तथा दृश्यमा नायिकाको चरित्रलाई खराब देख्नु पुरुष सत्ताको मानक हो भने गीतका शब्द तथा नाटकीय दृश्यमा महिलाको चरित्रको विद्रुपीकरण गर्न पुग्नु सर्जक स्वयंमा विद्यमान पुरुष सत्ताको रुझानमा रुमल्लिनु हो ।

महिलाको महत्वाकांक्षा र सुन्दरताप्रतिको मोह पनि पुरुष सत्ताले निर्माण गरेको मानसिकताको प्रतिबिम्व हो । आफूमा निहित शासकीय चरित्रलाई प्रकट गर्ने क्रममा पुरुषले महिलाको यस प्रवृत्तिमाथि आरोप गर्ने गर्दछन् । महिलाको स्वतन्त्र जीवनशैली र यौनको पवित्रता माथिको प्रश्न पुरुषमा अन्तरनिहित कुण्ठा हो । यही कुण्ठा र शासकीय अहंले निर्माण गरेको एक मूल्य हो : महिलामाथिको यौनिक पवित्रताको दृष्टिकोण । यो सर्वथा पुरुष सत्ताले निर्माण गरेको मूल्य हो, कदाचित सार्वभौम मूल्य भने होइन ।

एउटा सुन्दर सपना र मिठो आकांक्षाले भरिएको नारी मनलाई आजको पुरुष सत्ताले कसरी निमोठ्छ भन्ने यथार्थको चित्रण यसमा छ ।

पुरुष सत्ताले निर्माण गरेको मूल्यको बुई चढेर प्रकाश सपूतले निर्माण गरेको पात्रमार्फत महिलाको अपमान भयो भन्नु एकांकी दृष्टिकोण हो । पुरुष सत्तामा महिलाको अपमान हरेक बोली, स्थान र कार्यमा हुन्छ । त्यसैले व्यक्तिगत सम्पत्ति र विवाह भन्ने संस्थाको निर्माणबाट गुमेको महिलाको सत्ता यिनै संस्थाको अन्त्यपश्चात् मात्रै प्राप्त हुन्छ । वर्गीय समाजको अन्त्यसँगै पुरुष सत्ताको अन्त्य हुनेछ, त्यस समाजमा मात्रै महिला मुक्ति सम्भव छ ।

पूँजीवादी युगको आधारभूत चरित्र नै प्रतिस्पर्धा हो । त्यसैले यहाँ आदर्श, सुन्दरता, ख्याति, सम्पत्ति सबै कुरामा प्रतिस्पर्धा हुन्छ । अपवादबाहेक यो विद्यमान समाजको आम चरित्र हो । पुरुष सत्ताले निर्माण गरेको मूल्यमा नै महिलाहरू सुन्दरता, गरगहना तथा झुटो माया–प्रेमको दुनियाँमा रमाइरहेका छन् । यस संस्कृतिको निर्माणका लागि पुरुष सत्ताले हजारौं वर्ष खर्चिएको छ । अन्ततः यही मूल्यमा नै महिलामाथि पुरुषले शासन चलाइरहेको छ ।

प्रकाश सपूतद्वारा निर्मित नायिका आजको पुरुषप्रधान समाजका मूल्य र पूँजीवादी अर्थ प्रणालीमा आधारित विश्व व्यवस्थाले निर्माण गरेको एउटी महिला पात्र हुन् । उनमा पुरुष प्रधान समाजका मूल्य र पूँजीवादी अर्थव्यवस्थाले थोपरेको महत्वाकांक्षा छ । त्यही महत्वाकांक्षाको परिपूर्तिमा उनी पुरुषको खेलौना र साधन बनेकी छन् । सामान्यतः पुरुष सत्ताले निर्माण गरेको मूल्यका विरुद्ध उनले धेरै परपुरुषसँग सम्बन्ध राखेकी छन् । जुन प्रस्तुतिका कारण सर्जकलाई आम मानिसले महिलाको अपमानसँग जोडेका छन् । नायिकाले परपुरुषसँग राखेको सम्बन्ध पुरुष सत्ताबाट ग्रसित मानिसलाई पाच्य विषय हुँदैन पनि, किनकि आम मानिस पुरुष सत्ताका दास भएका छन् ।

प्रश्न उठ्छ– के त्यसो भए उनी पुरुष सत्ताका विरुद्ध आवाज उठाउने विद्रोही महिला हुन् त ? के उनले पुरुष सत्ताका मानकमा प्रहार गर्नकै लागि परपुरुषसँग सम्बन्ध राखेकी हुन् त ? यसमा पनि सत्यता छैन । अभाव, गरिबी, बाध्यता र विवशताका नाममा पुरुष सत्ताको विकृत रूपसँग आत्मसमर्पण गर्न पुगेकी ती पात्र पलायन, कमजोर र विवश छिन् । यो नेपाली चेलीको कथा मात्रै होइन, आजको पूँजीवादी अर्थव्यवस्थाले निर्माण गरेको महिलाको विश्वव्यापी कथा पनि हो ।

कला र सौन्दर्यचेतमा उच्च यस सिर्जनामा पुरुष सत्तामाथि प्रहार गर्नुको साटो महिलालाई पुरुषको अघि आत्मसमर्पणवादी देखाउनु प्रगतिवादी सौन्दर्यशास्त्रका दृष्टिकोणमा सर्जकको कमजोरी हो । त्यसैले यसमा महिलाको चरित्रलाई यथार्थको जगमा विद्रुपीकरण गरेको आरोप लागेको छ ।

सिर्जनामा भएकी महिला पात्रले पुरुष सत्ताका मानकको रूपमा रहेको यौनिक पवित्रताका विरुद्ध विद्रोह गरी सचेततापूर्वक विभिन्न परपुरुषसँग सम्बन्ध राखेकी भए ती पात्रलाई क्रान्तिकारी पात्रको रूपमा चित्रण गर्न सकिन्थ्यो कि ! तर ती नायिकाले आफ्ना बाध्यता वा अभावका नाममा समाजका मूल्यलाई नाघेर आफ्ना सीमित स्वार्थका लागि परपुरुषसँग राखेको सम्बन्धमार्फत पुरुष सत्ताले निर्माण गरेको मूल्यलाई थप प्रवद्र्धन गर्नु, पुरुषको खेलौनाका रूपमा स्थापित हुनुले विद्यमान समाजको एउटा चित्रण त गरेको छ, तर त्यसले जीवनको निराशालाई थप मलजल गर्न सक्छ । दृश्यको अन्त्यमा प्रस्तुत केही संवादहरूले पुरुष सत्तामाथि जसरी प्रहार गरेका छन्, त्यो चाहिं विद्रोहको एउटा संकेत हो ।

समग्रमा, प्रकाश सपूतको यस सिर्जनामा पुरुष सत्ताले निर्माण गरेका गलत मूल्यहरूको प्रभाव महिलामा कसरी परेको छ भन्ने यथार्थलाई उजागर गरिएको छ । विश्व पूँजीवादी अर्थ–व्यवस्था र पुरुष सत्ताले महिलालाई ‘कमोडिटी’ को रूपमा कसरी निर्माण गरेको छ भन्ने यथार्थको जीवन्त चित्र यस सिर्जनामा देख्न सकिन्छ । पुरुष सत्ता र प्रतिस्पर्धी समाजको जाँतोमा थिलथिलिएको महिलाको अवस्थालाई कला सौन्दर्यका रूपमा जसरी प्रस्तुत गरिएको छ, त्यो सुन्दर छ ।

आजको पूँजीवादी अर्थ–व्यवस्था र यसका अवयवले महिलालाई यस अवस्थामा पुर्याएका हुन् । एउटा सुन्दर सपना र मिठो आकांक्षाले भरिएको नारी मनलाई आजको पुरुष सत्ताले कसरी निमोठ्छ भन्ने यथार्थको चित्रण यसमा छ । यस सिर्जनामा महिलाको अपमान भन्दा ज्यादा उनीहरूको विद्यमान जीवन चित्रलाई सपाट प्रस्तुत गरिएकाले पुरुष सत्ताको चंगुलबाट मुक्त हुनका लागि अघोषित रूपमा विद्रोहको आह्वान भएको अनुभूति हुन्छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid