April 16, 2024 | मङ्लबार, बैशाख ४, २०८१
सुचनाहरु
मधेश प्रदेशका मुख्यमन्त्री आज चौथो पटक विश्वासको मत लिँदै आईपीएलमा आज कोलकोता र राजस्थान भिड्दै नेपाल प्रहरीका दुई जना डिआइजी एआइजीमा बढुवा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो सुनको भाउमा नयाँ रेकर्ड : ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पाकिस्तानमा वर्षा र चट्याङले कम्तीमा ४१ जनाको मृत्यु सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ चौधरी समूहको वाइवाइले सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै किशोर दुलालको “समर्पण” सार्बजनिक ( भिडियोसहित ) नेप्से झण्डै १७ अंकले घट्यो डाँगीलाई सहिद घोषणा गर : राप्रपा नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा एक करोड पुगेको घोषणा नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त बढ्यो सुनको मूल्य काठमाडौंकाे आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु एसीसी प्रिमियर कप : नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित यूएईमा दुईतले बस चलाउने साहसी नेपाली चेलीलाई सम्मान

स्वास्थ्य मापदण्ड पालना गर्न महानगरको आग्रह

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:२४
स्वास्थ्य मापदण्ड पालना गर्न महानगरको आग्रह

विराटनगर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ ।

महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपीलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको हो ।

कोभिड-१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका (रानी भन्सार नाका)मा अटुट रुपमा एन्टिजेन्टको परीक्षण भइरहेको समेत अपीलमा उल्लेख छ ।

“विराटनगर-१५ स्थित रानी अस्पताल, विराटनगर-५ स्थित आधारभूत स्वास्थ्य केन्द्र र विराटनगर-१९ स्थित वैजनाथपुर अस्पतालबाट पनि कोभिड-१९ परीक्षणको व्यवस्था मिलाइएको छ,” अपीलमा भनिएको छ, “उक्त स्वास्थ्य केन्द्रहरूबाट आवश्यक परेको अवस्थामा जुनसुकै बेला परीक्षण गर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।” केस इन्भेष्टिगेसन तथा कन्ट्याक ट्रेसिङ, क्वारेन्टाइन, आइसोलेसन तथा स्वास्थ्यकर्मी परिचालनसहित आवश्यक सामग्रीको समेत व्यवस्था गरिएको महानगरले जनाएको छ ।

कोभिड-१९ को जस्तो मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा नजिकको स्वास्थ्य केन्द्र सम्पर्क गर्नसमेत विज्ञप्तिमार्फत महानगरवासीमा अनुरोध गरिएको छ ।

“कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन विराटनगर महानगरपालिका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।