May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० 0६:४३
अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान

काभ्रे । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट सम्मानित गरे ।

नव क्षितिज साप्ताहिकको सह सम्पादक तथा पावर न्युजको संवाददाता समेत रहेका गौतमलाई जिल्ला सहकारी संघ काभ्रेले पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको छ । एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । । समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने उनले चेतावनीसेमत दिए।

मन्त्री महर्जनले सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जिवित गर्नुपर्ने आवश्यकता औँल्याए। प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै समिति निर्माण गरिने उल्लेख गर्दै समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको उनी बताउँछन् ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० 0६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।