May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सिद्धार्थ बैंकको २१औँ वार्षिकोत्सव सम्पन्न

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १४:१३
सिद्धार्थ बैंकको २१औँ वार्षिकोत्सव सम्पन्न
  • सिद्धार्थ बैंक स्थापनाको २१ औँ वर्ष पूरा 
  • १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै अभिनन्दन
  • स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताको सहभागिता

काठमाडौं ।।

सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको छ । संचालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडिया, संचालक समितिका सदस्यहरू, पूर्वसंचालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्षसम्मको यात्रालाई समेटी तयार पारेको ‘कफी टेबल बुक’ पनि सार्वजनिक गरेकोे छ । कार्यक्रममा आफ्ना पूर्वसंचालक समितिका सदस्य एवं पूर्वप्रमुख कार्यकारी अधिकृतहरूलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै अभिनन्दन गरेको छ ।

बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरूले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो कार्ड प्रयोगकर्ताहरूलाई आउँदा दिनहरूमा थप सुविधाहरू पनि उपलब्ध गराउने योजना बैंकको रहेको जानकारी दिइएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै ‘फ्रि फोर’ र ‘लगविन’योजना पनि बैंकले सार्वजनिक गरेको छ ।

यही अवसरमा बैंकले काठमाडौं, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथै, ग्राहक तथा स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताको सहभागिता रहेको थियो ।डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै ‘फ्रि फोर’ र ‘लगविन’योजना पनि बैंकले सार्वजनिक गरेको छ । यही अवसरमा बैंकले काठमाडौं, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथै, ग्राहक तथा स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताको सहभागिता रहेको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।