sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

“उहाँलाई पाउनु मेरो सौभाग्य हो” : उपेन्द्र यादव पत्नी

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:0४
“उहाँलाई पाउनु मेरो सौभाग्य हो” : उपेन्द्र यादव पत्नी

बारा । बारा–२ बाट नवनिर्वाचित सांसद उपेन्द्र यादवकी श्रीमती पार्वती यादवले आफ्नो पतिको नबोल्ने बानीको गुनासो गरेकी छन् । यादव निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो श्रीमान् सबै कुरामा अब्बल भए पनि उनको कम बाल्ने बानी भने खराब रहेको गुनासो गरेकी हुन् ।

यादवले भनिन्, ‘उहाँ बस्दा पनि केही सोचिराख्ने, लेखिराख्ने गर्नुहुन्छ । उहाँको नबोल्ने बानी मनपर्दैन । भोक लाग्यो भने खान पकाऊ भन्नुपर्छ, खान देऊ भन्नुपर्छ नि । तर, उहाँ आफै लिन जानुहुन्छ । कहिलेकाहीँ मेरो हातको पनि पानी खानुहोस् भन्ने लाग्छ । बाहिरबाट आउँदा मलाई पानी देऊ न भन्दा मेरो मन खुसी हुन्थ्यो । तर उहाँ भने खान पकाउन पनि आफै खोज्नुहुन्छ । अर्काको भरमा नबस्ने । आमाबुबा होस्, छोरा छोरी होस्, श्रीमती होस् कसैको आशमा नबस्ने ।’

उनले आफ्नो श्रीमानको तारिफ भने जति गरे पनि कम हुने बताइन् । ‘मैले यस्तो श्रीमान् पाएको छु, जति भने पनि कम हुन्छ । बाहिर केही चिज नखाने । उहाँलाई पाउने मेरो सौभाग्य हो । म शिक्षाविहीन छु । शिक्षा विहीन भए पनि उहाँ सधैँ मलाई डिग्री गरेको श्रीमती पाएकी छु भन्नुहुन्छ ।’
उनले आफ्नो पति प्रति गर्व रहेको बताइन् । बारामा हासिल गरेको जीत उपेन्द्र यादवको मेहनत र संघर्ष फल भएको पनि उनले बताइन् । ‘बारावासीलाई जति धन्यवाद दिए पनि कम हुन्छ,’ उनले भनिन् ।

उनले उपेन्द्र यादव नेपालको छोरो भएकाले ७५ जिल्ला नै उनको घर भएको पनि उल्लेख गरिन् । ‘उहाँ राष्ट्रिय अध्यक्ष हो । जहाँबाट पनि लडे पनि हुन्छ । छोरीको एउटा माइती र एउटा घर हुन्छ । छोराको सबै जिल्ला घर हो,’ उनले भनिन् ।

उनले २६ सालदेखि श्रीमती भन्दा पनि कार्यकर्ता बनेर अध्यक्ष यादवलाई साथ दिएको बताइन् । ‘मैले सधैँ साथ दिएको छु, भविष्यमा पनि दिने छु,’ उनले भनिन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid