April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:00
कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए

धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो ।

समुदायमा रहेका सिकलसेल एनिमियाको बिरामी पहिचानका लागि नौ वटा वडाको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्दा १२१ जना नयाँ बिरामी थप भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नौ वटै वडामा सिकलसेलका बिरामी फेला परेका छन् । करिब ९६ प्रतिशत थारु समुदायको बसोबास रहेको सो पालिकामा सिकलसेल एनिमिया भयावह अवस्थामा रहेको देखिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार रतनपुर स्वास्थ्य चौकी बसन्तामा १९० जनाको परीक्षण गर्दा ३१ जनामा सिकलसेल पुष्टि भएको छ । यस्तै, गदरिया स्वास्थ्य चौकीमा १९५ को परीक्षण गर्दा २५ जनामा सिकलसेल एनिमिया देखिएको छ ।

उजलीसेमरमा रहेको बेसौटी स्वास्थ्य चौकीमा ७६ जनाको परीक्षण गर्दा १३, टीसीएन डाँडास्थित हसुलिया स्वास्थ्य चौकीमा १५१ जनाको परीक्षण गर्दा १८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ ।

यसैगरी, पवेरा स्वास्थ्य चौकीमा १५९ जनाको परीक्षण गर्दा १५, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १३२ जनाको जाँच गर्दा १९ जनामा सिकलसेल पोजेटिभ देखिएको छ ।

योसँगै कैलारी गाउँपालिकामामात्रै सिकलसेल एनिमियाको बिरामीको सङ्ख्या २०९ पुगेको छ । यो रोग जिनमार्फत अभिभावकबाट सन्तानमा सर्ने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सिकलसेल एनिमियाका बिरामी बाहक र बिरामी (रोगी) गरेर दुई प्रकारका हुने गर्दछन् । बाहकमा कुनै पनि स्वास्थ्य समस्या नदेखिने गरे पनि बाहक बिरामीले अरूलाई रोग भने सार्ने गरेको चिकित्सकहरू बत्ताउँछन् । रोगी भने महिनैपिच्छे अस्पतालमा उपचार गराउने गरी बिरामी परिरहन्छन् । त्यस्ता बिरामीमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ ।

आमा बुबा बाहेक वा बिरामी भएपछि सन्तानमा सिकलसेल सर्ने भएकाले कुण्डली हेराएर भन्दा पनि थारु समुदायका युवायुवतीले सिकलसेल जाँच गराएर विवाह गर्नु पर्ने डा. राजन पाण्डेयले जोड दिँदै आउनु भएको छ । उहाँले सिकलसेल एनिमिया कसरी सर्छ भन्ने सचेतनाका लागि सिकलसेल कुण्डली पनि तयार पार्नु भएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।