sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:00
कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए

धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो ।

समुदायमा रहेका सिकलसेल एनिमियाको बिरामी पहिचानका लागि नौ वटा वडाको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्दा १२१ जना नयाँ बिरामी थप भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नौ वटै वडामा सिकलसेलका बिरामी फेला परेका छन् । करिब ९६ प्रतिशत थारु समुदायको बसोबास रहेको सो पालिकामा सिकलसेल एनिमिया भयावह अवस्थामा रहेको देखिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार रतनपुर स्वास्थ्य चौकी बसन्तामा १९० जनाको परीक्षण गर्दा ३१ जनामा सिकलसेल पुष्टि भएको छ । यस्तै, गदरिया स्वास्थ्य चौकीमा १९५ को परीक्षण गर्दा २५ जनामा सिकलसेल एनिमिया देखिएको छ ।

उजलीसेमरमा रहेको बेसौटी स्वास्थ्य चौकीमा ७६ जनाको परीक्षण गर्दा १३, टीसीएन डाँडास्थित हसुलिया स्वास्थ्य चौकीमा १५१ जनाको परीक्षण गर्दा १८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ ।

यसैगरी, पवेरा स्वास्थ्य चौकीमा १५९ जनाको परीक्षण गर्दा १५, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १३२ जनाको जाँच गर्दा १९ जनामा सिकलसेल पोजेटिभ देखिएको छ ।

योसँगै कैलारी गाउँपालिकामामात्रै सिकलसेल एनिमियाको बिरामीको सङ्ख्या २०९ पुगेको छ । यो रोग जिनमार्फत अभिभावकबाट सन्तानमा सर्ने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सिकलसेल एनिमियाका बिरामी बाहक र बिरामी (रोगी) गरेर दुई प्रकारका हुने गर्दछन् । बाहकमा कुनै पनि स्वास्थ्य समस्या नदेखिने गरे पनि बाहक बिरामीले अरूलाई रोग भने सार्ने गरेको चिकित्सकहरू बत्ताउँछन् । रोगी भने महिनैपिच्छे अस्पतालमा उपचार गराउने गरी बिरामी परिरहन्छन् । त्यस्ता बिरामीमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ ।

आमा बुबा बाहेक वा बिरामी भएपछि सन्तानमा सिकलसेल सर्ने भएकाले कुण्डली हेराएर भन्दा पनि थारु समुदायका युवायुवतीले सिकलसेल जाँच गराएर विवाह गर्नु पर्ने डा. राजन पाण्डेयले जोड दिँदै आउनु भएको छ । उहाँले सिकलसेल एनिमिया कसरी सर्छ भन्ने सचेतनाका लागि सिकलसेल कुण्डली पनि तयार पार्नु भएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid