May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ?

चिकित्सकमाथि हातपात गर्दा पनि सरकार हेरेर बसेको भन्दै माओवादी पार्टी नै परित्याग

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १७:0६
चिकित्सकमाथि हातपात गर्दा पनि सरकार हेरेर बसेको भन्दै माओवादी पार्टी नै परित्याग
  • स्वाथ्यकर्मीमाथि हातपात भएका घटनामा कारबाही नभएको भन्दै राजीनामा
  • स्वास्थ्य विभागको सदस्य नरहने भन्दै पदबाट राजीनामा दिए
  • डाक्टरमाथि लाठी चार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु सह्य भएन

काठमाडौं ।।

आफ्नै पार्टीको सरकार हुँदा पनि स्वाथ्यकर्मीमाथि हातपात भएका घटनामा कारबाही नभएको भन्दै माओवादी केन्द्र निकट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य डाक्टर दीपकप्रसाद कोइरालाले राजीनामा दिएका छन् । नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रीय सदस्य रहेका कोइरालाले गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टी र स्वास्थ्य विभागको सदस्य नरहने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

‘जबसम्म गैरजमानती हिरासतको कडा कानुन बन्दैन तबसम्म म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वास्थ्य विभाग वा अन्य कुनै पार्टीको निकायमा नरहेको जानकारी दिँदै आजको मितिदेखि राजीनामा दिएको छु’, डाक्टर कोइरालाले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टो गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टरमाथि लाठी चार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु सह्य भएन ।’

पोखराको मणिपाल घटनाका सन्दर्भमा बिना आरोप नेपाल प्रगतीशील चिकित्सक संघका गण्डकी प्रदेश अध्यक्षलाई एक दिन हिरासतमा राख्नु झनै लज्जास्पद भएको उनले बताएका छन् । डाक्टर कोइरालाले यस्तो अवस्थामा पार्टीमा रहनु आत्मगलानी महसुस् भएको बताएका छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट