sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘लु लानूस्, काफल काफल’

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:५२
‘लु लानूस्, काफल काफल’

दुल्लु। दैलेख–सुर्खेत सडक छेउछाउ यति बेला काफल मेला लाग्ने गरेको छ। चैत, वैशाख महिनामा यस सडक वरपरका रातानाङ्ला, रानीमत्ता, गुराँसे, गाईबान्ना, डबलगैरा, घोडाबास आसपासका घुम्तीमा काफल मेला लाग्छ। सडक छेउमा लाम लागेर बालबालिका, युवा र पाका उमेरका मानिस काफल बेच्न व्यस्त हुन्छन्, ‘लु लानूस् काफल काफल।’

यो मौसममा काफल बेचेर कतिपयले राम्रै आम्दानी पनि गरेको पाइन्छ। गुराँस गाउँपालिका–४, गाईबान्नाकी मनीषाकुमारी उपाध्यायले केही वर्षदेखि काफल बेच्दै घरखर्च चलाउँदै आउनुभएको छ। उहाँले भन्नुभयो, “अरू बेला तरकारी बेच्छु। यो मौसममा काफल, चुत्रो, ऐँसेलु बेचेर आम्दानी गर्छु।”

सडकमा यात्रा गर्नेले समेत मौसमअनुसारको झरिला काफल, चुत्रो र ऐँसेलु खुसीसाथ लिन्छन्। स्थानीय शान्ति खत्रीले सुर्खेत–दैलेख सडक निर्माणपछि बाटोमा तरकारी र फलफूल बिक्री गरेर आम्दानी गर्न सहज भएको बताउनुभयो।

सो स्थानमा काफल मात्रै होइन गुराँस बिक्री हुन्छ। वरिपरिका किसानले आलु, टमाटर, काउली ल्याएर बिक्री गर्ने गरेका छन्। निउरो, डौंडे, घिउ, दही, दूधसमेत बिक्री गर्ने थलोका रूपमा सडक किनार विकास हुँदै गएको छ। स्थानीय उपेन्द्र दर्लामीले चराले खाएर खेर जाने काफल, चुत्रो, ऐँसेलु बेचेर घरखर्च चलाउन सहयोग पुग्ने गरी आम्दानी गर्न सफल भएको बताउनुभयो।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid