sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नातिनी अपहरण गरेर छोरीसँग फिरौती माग्ने हजुरबुवा

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १५:५३
नातिनी अपहरण गरेर छोरीसँग फिरौती माग्ने हजुरबुवा

‘सावाँको भन्दा ब्याजको माया लाग्छ’ यो भनाई हजुरबुवा–हजुरआमाले आफ्ना नाति नातिनाका लागि प्रयोग गर्ने वाक्य हो । आफ्नो सन्तानको भन्दा पनि नाति नातिनाको बढी माया लाग्छ भनेर यो वाक्यले भन्न खोजिरहेको छ तर चीनका एक हजुरबुवाले भने यो वाक्यको ठिक विपरीत गरेर धेरैलाई चकित बनाएका छन् । चीनका ६५ वर्षका अवकाशप्राप्त एक वृद्धाले आफ्नै नातिनी अपहरण गरेर छोरीसँग ७० हजार डलर (करिब ९२ लाख रुपैयाँ) फिरौती मागेका छन् ।

चिनियाँ मिडियाका अनुसार युआन थर भएका वृद्धलाई जुवाको लत बसेको थियो । के सनक चढ्यो, उनी नातिनीलाई अपहरण गर्न उनको स्कुल गए । त्यसपछि नातिनीलाई उनको आमाबुवाको घरमा पु¥याइदिनुको साटो छोरीलाई सिधै फोन गरे । फोनमा उनले ‘छोरीलाई हेर्न मन छ भने ७० हजार डलर फिरौती देऊ’ भनेर धम्की दिए ।

एक पटक त उनले तीन दिनभित्र फिरौती रकम नबुझाए चार वर्षीय नातिनीको हत्या गरिदिनेसमेत धम्की दिए । उनकी छोरीले तत्काल यसबारे प्रहरीलाई खबर गरिन् । त्यसपछि युआन पक्राउ परे ।

घटना कहिलेको हो भनेर स्पष्ट जानकारी छैन तर साङ्घाई ल जर्नलले ती वृद्ध पहिले पनि जेल परिसकेको बताएको छ । उनले पक्राउ पर्नुको सबै दोष आफ्नी छोरीलाई दिएका थिए । साथै छोरीले आफ्नो भलाई के मा हुन्छ भनेर नसोचेको र आफ्नो जीवनलाई सहज बनाइदिनुको साटो मरे हुन्छ जस्तो व्यवहार गरेको आरोप पनि लगाए । उनले आफ्नी छोरीलाई कृतघ्न भने ।

युआनको यस्तो व्यवहारपछि धेरैले उनलाई बुवा र हजुरबुवा हुन लायक नभएको भन्दै गाली गरे । कतिले उनकी छोरीलाई बुवासँगको सबै सम्बन्ध तोडिदिन सल्लाहसमेत दिए ।

अडिटी सेन्ट्रलका अनुसार ती व्यक्ति जेलमा हुँदा छोरीसँगको सम्बन्ध बिग्रिएको तर पूर्व श्रीमतीको सहयोगमा उक्त सम्बन्ध पुनः सुमधुर भयो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid