sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:१५
करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन

बाँके । नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ । नियमित खेल गतिविधि नहुँदा नेपालगञ्ज र ग्रामीण क्षेत्रमा बनाइएका खेलकुदका भौतिक संरचना प्रयोगविहीन बनेका हुन् । प्याराफितसहितको रङ्गशालामा बर्मुडा घाँससहितको मैदान निर्माण गरिएको भए पनि करिब चार वर्षे अवधिमा दुई वटा फुटबल प्रतियोगिता मात्रै सञ्चालन भएको छ ।

नियमित अभ्यास र प्रतियोगिता नभएपछि बर्मुडा घाँस सुकेको छ । मैदान समेत अस्तव्यस्त भएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रङ्गशालामा मैदान निर्माणका लागि शुल्कको व्यवस्था गरिएको बताउनुभयो ।

प्रमुख चन्दले भन्नुभयो, “रङ्गशालाभित्र एउटा खेल आयोजना गर्न १० हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ, राष्ट्रिय खेलकुदपछि यहाँ एकाध मात्रै प्रतियोगिता भएका छन् ।”

स्थानीय र प्रदेशस्तरीय प्रतियोगिताहरू शुल्क तिर्नुपर्ने भए पनि रङ्गशालाभित्र सञ्चालन हुन नसकेका हुन । जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताका विजेता बाँकेका खेलाडी तथा क्लबले राष्ट्रिय प्रतियोगिताको तयारीका लागि समेत मैदान प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले रङ्गशालाभित्र प्रतियोगिता सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । रङ्गशाला व्यवस्थापनका लागि आवश्यक  भएकाले निश्चित शुल्क तोकिएको भन्दै उहाँले शुल्कबारे पुनर्विचार गर्न छलफल गरिने बताउनुभयो ।

सदस्यसचिव घिसिङले भन्नुभयो, “रङ्गशाला खेलकुद गतिविधि सञ्चालनका लागि हो, म प्रदेश र स्थानीयस्तरका खेलकुदहरू यहाँभित्र आयोजना गर्न आमन्त्रण गर्दछु ।” रङ्गशालालाई खेलाडीमैत्री बनाई नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसङ्घसँग सम्बन्धितले माग गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid